साहित्य

नयाँ घर-जम

-सुरेन्द्र सिटौला                                                                    – रचना

जैविक अस्तित्वको इतिहास बोल्छ
प्रकृति र पुरुषको
इश्वरीय बैबाहिक कर्मले
अस्तित्वको बर्तमानलाई बचाउछ
प्रकृतिले पुरुषको कर्मघर लाई
ज्ञानको माला पहिर्याउदै
बिबेकले सहर्ष हसाउछ ।

बिडम्बना !
अभिमानको आधुनिक ज्ञान उर्लेको बेला
यौवनी बासनाको महौलमा
प्रायोजित बिबाह भोजमा
मानव सभ्यतालाइ गाजा खुवाएर
समय
अस्तित्वको बर्तमान लाई
ब्रह्माण्डमा नाङ्गै नचाउछ
अनौठो गाजाको असरले
बिबाह मण्डपमै धमाधम
वर- बधुको मृत्यु हुदा
विवस प्रकृति
सुनसान पुरुषको कर्म घरमा
एक्लै मृत्यु उत्सव मनाउछ ।

यो सबै देखेर
इतिहासको थकित बैसले
मलाइ खुसुक्क भन्यो
तिमिले अव
नया घर-जम गर्नु पर्छ
पुरुषार्थी ज्ञान प्रेमी भएर
बिज्ञानी प्रेमिका लाई फकाउनु पर्छ
ज्ञान र बिज्ञानको बिबाह उत्सव
धुमधाम सग मनाउनु पर्छ
ज्ञानको घरमा बिज्ञानले
खुसीको माहौल सजाउनु पर्छ ।

समयले अब
निर्बाण मुक्तिको चिराग समाएर
मृत्युन्जय गीत गाउनु पर्छ
खुसिको मसाल बोकेर
बिबाह घरमा
नयाँ बिहान आउनु पर्छ
नया घर-जममा रमाएका जोडीले
लैला- मजनुको खुसी चोर्न पाउनु पर्छ

अब ढिलो नगरी यसरी नै
ज्ञान र बिज्ञान दुबैले
फेरि नया घर- जम बसाउनु पर्छ
सबै मिलेर भबिस्यमा
मानव शृष्ठी बचाउनु पर्छ ।