प्रदेश 2

मुख्यमन्त्री राउतद्वारा सुरक्षित रहन अपिल

जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्कटको यो घडीमा आफ्ना् परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिले आपूmलाई नै सुरक्षित राख्न प्रदेशवासीसमक्ष अपिल गरेका छन् ।

मुख्यमन्त्री राउतद्वारा आज जारी गरिएको विज्ञप्तिमा आफूलाई सुरक्षित राख्न उच्चस्तरको व्यक्तिगत सरसफाइका साथै कम्तीमा अर्कोसँग डेढ मिटरको दूरी कायम गर्न, विसञ्चो भएमा घर वा क्वारेन्टाइनमा निर्धारित दूरी बनाएर बस्न र आवश्यक परेमा स्वास्थ्य परीक्षण गर्न प्रदेशवासीलाई सुझाव दिएका छन् ।

कोरोना भाइरसको सम्बन्धमा अधिकारिक सूचनामाथि विश्वास गर्न र आप्mना सहकर्मीप्रति सहयोगको भावना, सबैसँग आदरभावको व्यवहार गर्न सुझावका साथै उनले आफ्नो स्वास्थ्यलाई जोखिममा पारेर नागरिकको स्वास्थ्य उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीप्रति उच्च सम्मान राख्न आग्रह गरेका छन् ।

आफ्नो सुख सुविधा भुलेर नागरिकको उच्च सेवाभावप्रति समर्पित हुन आह्वान गर्दै मुख्यमन्त्री राउतले ‘लकडाउन’का कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका प्रदेशका विपन्न र मजदुरका लागि प्रदेश सरकारले स्थानीय तहमार्फत खाद्यान्नको व्यवस्था गरेको हुँदा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय प्रशासनलाई उचित व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

नेपाल सरकारले ‘लकडाउन’ महामारी रोक्नका लागि गरेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राउतले यो लामो समयसम्म नरहने र यस सङ्कटको घडीमा घैर्यताका साथै बुद्धि, विवेकको प्रयोग गरी समस्याको समाधानतर्फ जुट्न सुझाव दिए ।

आफ्नो बोली र व्यवहारले पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिने भन्दै उहाँले विज्ञप्तिमा आ–आफ्ना दैनिकीमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्न आह्वान गरेका छन् ।