आर्थिक

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

काठमाडौं । नेपाल लाइफले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणका कार उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले आफू लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको बताएको छ ।

यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले Maturity Claim र Claim Intimation अनलाइन सेवा संचालनमा ल्याएको बताएको छ ।

Maturity Claim सेवा मार्फत आफ्ना बीमितहरुले बीमा लेख Maturity  हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा Maturity  को समय पुगेका बीमितहरुले आफ्नो बीमा लेखको Maturity Claim को प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट Maturity Claim को प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी Maturity Claim सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउने छन् ।