अन्तर्राष्ट्रिय

‘लकडाउन’को मारमा भारतीय मजदुर, मोदीले मागे माफी

१७ चैत, नयाँदिल्ली । भारतमा गत मङ्गलबार रातीबाट शुरु भएको लकडाउनको कारण दशौँलाख गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् ।
दशौ लाख मजदुरलाई परेको दुख आफूबाट नलुकेको साप्ताहिक रेडियो सम्बोधन ‘मन की बात’ नामक कार्यक्रममा उनले आइतबार बताएका छन् ।

लकडाउन गर्नु भन्दा चार घण्टाको मात्र सूचना दिएर उक्त कडा बन्देजको घोषणा गरिएको थियो । यस कदमको भारतमा निकै आलोचना हुदै आएको छ ।
एक्काइसी दिनको लागि भएको लकडाउनबाट करिब एक अर्ब तीस करोड जनसङ्ख्या भएको भारतमा मजदूरहरु भोको र बेरोजगार भएका छन् ।

साप्ताहिक रेडियो सम्बोधनमा आइतवार मोदीले भने “मलाई तपाईहरुको समस्या थाहा छ, तर कोरोनाभाइरसविरूद्ध लड्ने अर्को कुनै उपाय छैन। यो जीवन र मृत्युको लडाई हो र हामीले त्यो जित्नुपर्छ ।’
यसैबीच करार र दैनिक ज्यालादारीका दशौँ हजार श्रमिक प्रतिबन्धलाई तोडेर आफ्ना घर फर्किरहेका बताइएको छ । ।
प्रहरीले अन्तर्राष्ट्रिय समाचारसंस्थालाई दिएको एक जानकारीअनुसार एकजना मजदुरले घर फर्कन २७० किलोमिटरको पैदल यात्राको प्रयास गरेपछि ज्यान गुमाएका थिए ।