विचार/ब्लग

कम्तीमा ४० करोड भ्रष्टाचार? १५ बर्षदेखी चीन बस्ने नविनले स्वास्थ्यमन्त्रीलाई लेखेका थिए यस्तो चिठी

माननीय स्वास्थ्य मन्त्री श्री भानुभक्त ढकाल ज्यु,
स्वास्थ्य मन्त्रालय, काठमाडौ, नेपाल

म नबिन बिक, बिगत १५ बर्ष देखी चीनको गोन्जाउ शहरमा अन्तराष्ट्रीय ब्यापार गर्दै बसेको छु, म एनआरएनए को केन्द्रीय सदस्य पनि हु, मैले अहिलेको स्थितिमा केही नबोलीकन चुपचाप बस्न सकिन , त्यसैले केही कुराहरु लेख्दैछु,

देशमा यस्तो महामारी फैलिदै गरेको र देश पुरै ठप्प भएको अवस्थामा हजुरले चीनबाट जसरी तुरुन्तै सामान झिकाएर नेपाल भित्र्याउने निर्णय गर्नु भयो त्यो जस्तो सराहनीय र पबित्र काम स्वास्थ्य मन्त्रालयको ईतिहासमा सायदै अरु कुनै हुन्थ्योहोला तर आज ठीक त्यसको बिपरीत यो जत्तिको निच, अपबित्र र घृणृत काम तपाई र तपाईको मन्त्रालयबाट सायदै पहिला भएको छ।यो पाप तपाईले रुद्री चन्डी सप्ताह वा तुलादान जे गरे पनि तपाईको सात पुस्तालाई पोल्ने कुरामा कुनै दुईमत छैन किनकी तपाईले ३ करोड नेपालीको स्वास्थ्य र तिनका जिन्दगी र भबिस्य संग खेलवाड गर्नु भएको छ । कोरोना टेस्ट गर्ने पिसिआर किटमा मात्रै १४ करोड ? चश्मामा १५ करोड ? गाउनमा मात्रै ११ करोड ? मैले त यहा केवल केही सामानको मात्र आँकड़ा छुट्याएको छु, बाँकी त कति छन छन्, किन यस्तो गर्नु भयो ? मन्त्रीज्यु ?

नेपालको कुनै पनि संघसंस्था र प्रदेश सरकारले यी समानहरु मगाउन परेमा म निम्नलिखित मुल्यमा सामान दिन तयार रहेको छु। मेरो सम्पर्क नम्बर +86 18620758858, विच्याट

Email: [email protected]

कृपया कालोबजारी र यै हो मौक़ा भनेर मौक़ा छोप्नीहरुले सम्पर्क नहर्नुहोला ।