पु.समाचार

मन्त्री भट्टराईले आत्मा आलोचना नगरुन्जेल सम्म कोनोना फ्रि मन्त्री भनिरहन्छुः रवि लामिछाने

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेले कोरोना संक्रमण रोक्न साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगश भट्टराईको थर्ड कलास र गैर जिम्मेवार रवैयाका कारण हालसम्मको क्षती ब्यहोर्नु परेको बताएका छन् । उनले आफूलगायत देश विदेशका नागरिकहरुबाट एयरपोर्ट बन्द गर्न सल्लाह दिएपनि नेपाल कोरोना फ्रि मुलुक भनेर प्रचार गर्ने  भन्दै गैह्रजिम्मेवार अभिब्यक्ती दिँदै हिँड्ने भन्ने निर्णयमा आत्माआलोचना नगरुन्जेलसम्म कोरोना फ्रि मन्त्री भनिरहने बताएका छन् । पर्यटन मन्त्री भट्टराईको आईडियाका कारण गलत कोरोना संक्रमण प्रवेश गरेको भएपनि अब आगामी दिनमा कसरी सेफ हुने भन्ने सोच्नुपर्ने बताएका छन् । लामिछानेले नेपालको सीमानामा नेपाल प्रवेश गर्न लामबद्ध रहेका नेपालीलाई निश्चित प्रकृया पुर्याएर भएपनि नेपाल प्रवेशमा रोक लगाउन नहुने बताएका छन् ।

नेपालमा अहिलेसम्म ९१७ जनालाई माहामारी परिक्षण गरिएको बताउँदै बिगतको गल्तीलाई कोट्याउन नहुने भएपनि चाईनामा देखिएका बेला बिना जाँच अन्तर्राष्ट्रिय बिमानस्थलबाट नेपाल भित्र्याईएको कारण मुख्य रुपमा कोरोना भाईरस भित्रिएको लामीछानेको दाबी छ । बिमानस्थल शील र बाहिरबाट आएकालाई राम्ररी चेक नगरेका कारण मुलुकलाई यतिको समस्या भएको उनको दाबी छ । मन्त्री भट्टराईले सच्चा राजीनिज्ञ भए आफ्नो गलत कुरामा आत्मा आलोचना गर्नुपर्ने भन्दै  गलत कुरा नसच्याए आफूले मन्त्री भट्टराईलाई कोरोना भाईरसवाला किस्सा भनिरहने बताए ।

लामिछानेले सबै नेपाली जनतालाई अहिलेलाई घरबाहिर ननिस्कनका लागि आग्रह गर्दै अहिले घरमा जे छ त्यही खान आग्रह गरेका छन् । लामिछानेले पाहुनाका रुपमा ल्याएका एनआरएनका केन्द्रीय सदस्य नविन बिकले थर्मोमिटर, आयर गन लगायतमा आफूहरुले होमवर्क गरिरहेको भएपनि त्यसमा पीसीआर किट चीन सरकारले भेरिफाई गरेको समान ८/१० डलर पर्नुपर्नेमा नेपाल सरकारले ३८ डलरमा किनेको आरोप लगाएका छन् । लामिछानेले गुणस्तरमा कत्तिको फरक छ ? भन्ने प्रश्न सोध्दा चाईनाले भेरिफाई गरेको कम्पनीमा मात्र समान किन्नुपर्ने बताउँदै सरकारले ल्याएका र ८ /१० डलर पर्नेमा केही फरक नभएको दाबी गरेका छन् ।  बिकले ५० हजार भनेको धेरै नै ठूलो पैसा भएको भन्दै १०/२० प्रतिशत कमिशन खानु ठीक भएपनि यो कमिशन धेरै नै भएको दाबी गरे । शनिबार फेसबुकमा एक चिठी लेख्दै एनआरएनका केन्द्रीय सदस्य समेत रहेका नबिनले ४० करोड भन्दा बढी मूल्य फरक रहेको बताएका थिए । 

न्यूज २४ टिमीको सीधा कुरा जनतासँग बोल्दै स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठले मुखले महँगो भयो भन्ने तर सस्तामो दिने कोहीपनि नआउने भन्दै तोकिएको मूलय भन्दा कममा पाएमा आफूहरुले किन्ने बताएका थिए । सहसचिव श्रेष्ठले ८/१० डलरमा पाउने भन्ने कुराको ईन्कार गर्दै मूल्यभन्दा २० प्रतिशतमात्र बढी भएको दाबी गरेका छन् । एनआरएनका बिकले महंगो हुँदापनि १०/१५ प्रतिशतमात्र बढ्ने दाबी गर्दै यो सरासर गलत भएको बताए । 

पछिल्लो समयमा कोरोना त्रासका बेला स्वास्थ्य सामाग्री खरिद तथा नेपाल एयरलाईन्स्को जहाज भाडाका बिषयमा साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल बिबादमा तानिएका छन् ।