राजनीति

कोरोना भाईरसको संक्रमणसंग बिश्व नै डराएको भन्दै डा कोईरालाले दिए यस्ता बच्ने उत्तम उपाय

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले तपाई, म मात्र होईन कोरोना भाईरसको संक्रमणबाट बिश्व नै डराएको बताएका छन् ।

कोरोना भाईरसको औषधि बिश्वमा नै बनिनसकेको भन्दै त्यसबाट बच्ने सामान्य उपाय भनेको रुघा लागेको मान्छेले माक्स लगाउने, हात मिलाउने काम नगर्ने बरु नमस्कार गर्ने, जहाँ छोयो त्यहाँ कोरोना भाईरस हुन सक्ने भन्दै मुखमा वा अनुहारमा हातले कहिल्यै नछुने चिलाएमा पनि नछुने नै हो ।

डा कोर्इैरालाले आफू डाक्टर भएको भएपनि कोरोना भाइरसको संक्रमण हुन्छ कि भन्ने कुरामा डराएको भन्दै आफूहरु जस्ता उमेर पुगेका मानिसले झनै डराउनुपर्ने बताए । उनले सबैभन्दा उत्तम उपाय हात धुने र धुंदा दिनको १५÷२० पटक प्रतिपटक २० सेकेण्ड भन्दा माथी हात धुनुपर्ने उनले बताए ।