अन्तर्राष्ट्रिय

२१ दिनको लकडाउनमा तीन महिनाको भाडा छुट गर्ने मुख्यमन्त्री केजरीवालले गरे लोकप्रिय निर्णय

काठमाडौं । चीनको बुहान सहरबाट फैलिएको प्राणघातक कोरोना भाईरसले यतीबेला पुरै विश्वभलाई आक्रान्त बनाएको छ । विभिन्न देशहरुमा गरी आजसम्म मृत्यु हुनेहरुको संख्या ३४ हजार नाघेको छ भने ७ लाख वढी संकमीत बनेका छन् ।

यस्तो अवस्थामा विश्वलाई नै चिन्तीत बनाएको छ । विभिन्न देशका सरकारले कोरोना नियन्त्रण गर्नका लागि देशलाई नै लकडाउन गरेका छन् । जसले गर्दा यातायात, कलकारखाना,शैक्षिक संस्था लगाएत सबै ठप्प भएका छन् ।

सम्पुर्ण कलकारखाना, यातायात र बजार बन्द भएका कारण दैनिक ज्याला मजदुरी गरीखाने हरुका लागि निकै समस्या भएको छ । यस्तै कोठाभाडा गरी बस्नेहरुलाई पनि निकै अप्ठेको परेको छ ।

यसै क्रममा भारतका एक मुख्यमन्त्रीले लोकप्रिय निर्णय गरेका छन् । भातको राजधानि समेत रहेको दिल्ली प्रदेशको मुख्यमन्त्री अरविन्द केजरीवालले सम्पुर्ण घर धनिलाई यो संकटको बेला पैसा नहुने समस्यालाई मध्यनजर गर्दै कोठाभाडा मिनाहा गर्न आग्रह गरेका छन् ।

उनले घरधनिहरुसंग अपील गर्दै तिन महिनाको भाडा नलिन भनेका छन् । यस्तै उनले कामगरि खाने मजदुर दुखी, गरिबको भाडा सरकारले तिरिदिने बताएका छन् । उनले घरमालिकले जबरजस्ती गरे दिल्ला सरकारले कारबाही गर्ने चेतावनी दिएका छन् ।