राजनीति

सभापति देउवा ओली सरकारसँग आक्रोशितः आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने?

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला सदरमुकाम पारी भारतको दार्चुलामा रहेका सयौ नेपालीहरुलाई आवस्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गरेका छन् । सभापति देउवाले आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ? भन्दै सरकारलाई प्रश्न उठाउँदै उचित प्रबन्ध मिलाएर उनीहरुलाई आफ्नो देश फर्कने वाताबरण बनाउनुपर्ने बिचार व्यक्त गरेका हुन् ।

सभापति देउवाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सरकारसँग आक्रोशित हुँदै उक्त असहमती जनाएका हुन् । ट्वीटमा सभापति देउवाले माहाकाली पारी प्रहरीले रोकेर नेपाल सरकार बिरुद्ध नारा लगाउँदै गरेमा नेपाली नागरिकहरुको भिडियो समेत पोष्ट गरेका छन् ।
उनको ट्वीटः

आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ? दार्चुला सदरमुकाम पारी भारतको दार्चुलामा रहेका सयौ नेपालीहरुलाई आवस्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु।