पु.समाचार

आजदेखी लकडाउनमा अझै कडाईः उल्लंघन गर्ने ७ सय वढी परे पक्राउ

काठमाडौं । विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथामका लागि सरकारले लागु गरेको लकडाउन आजदेखी थप कडाई गरिएको छ । एकाबिहानै लकडाउन उल्लंघन गर्ने ७ सय बढी व्यक्तिलाई प्रहीले नियन्त्रणमा लिएको छ ।

आज बिहान मात्र काठमाडौं, ललितपुर र भक्तपुरबाट लकडाउन उल्लंघन गर्ने ७ सय ४० जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गनृेलाई गरिएको कारबाहिको तरिकामा पनि परिवर्तन गरिएको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्कने र हिंडडुल गर्नेलाई पक्राउ गरी सोही ठाउँमै तीन घण्टा उभ्याएर कारबाही गरिने भएको हो ।

यसअघि प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँमा पक्राउ परेका छन् सोही ठाउँमा दुई घण्टा होल्ड गरिदै आईएको थियो । तर आजबाट भने थप एकघण्टा बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दूरी कायम गरेर मात्रै सडक छेउमै राखिन थालिएको छ । अत्यावश्यक कामबिना सडकमा निस्किएकाहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ ।

यस्तै संक्रमण फैलनसक्ने जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले लकडाउनको अवधि थप गरेर २५ चैत्र पुर्याएको छ । यसअघि मंगलबारसम्म लकडाउनको मिति तोकिएको थियो ।