राजनीति

डा भट्टराईको आग्रहः नेपालीहरुको उद्दारका लागि अब त कुम्भकर्णे सरकार निद्राबाट उठ

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्दारमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले विदेशमा रगत–पसिना बेचेर देशको अर्थतन्त्र धान्नेहरु घर फर्कनका निम्ति नाराबाजी गर्नपर्नु लाजमर्दो कुरा भएको भन्दै त्यस्तर्फ  सरकारलाई सचेत गराएका छन् ।

विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्नुपर्ने वेला मुलुक प्रवेश गर्दा भिडभाड जोखिमपूर्ण हुने भन्दै सबै काम छोडेर पनि सरकारी संयन्त्रले यसमा तुरून्त ध्यान दिनुपर्ने होईनर ? भन्दै प्रश्न गरेका छन् ।

आजपनि विभिन्न मुलुहरु र नाकाहरुमा कयौं नेपाली अलपत्र परिरहेकोले अब त कुम्भकर्णे निद्राबाट उठ सरकार भन्दै आक्रोस व्यक्त गरेका छन् । आजपनि भारत लगाएतको मुलुकबाट नेपाल आउन हिँडेका कयौं नेपाली नाकामा अलपत्र परेका छन् भने बिदेशहरुमा कोरोनाको संक्रमणका कारण ज्यान गुमाई रहेका छन् । अन्य मुलुकहरुले आफ्ना देशका नागरिकहरुको खोजी–खोजी उद्दार गरिरँदा नेपाल सरकारले भने लापरबाहि गरेको छ ।

 

उनको ट्वीटः जसले विदेशमा रगतपसिना बेचेर देशको अर्थतन्त्र धानेका छन् तिनैले घर फर्कननिम्ति नाराबाजी गर्नपर्नु कति लाजमर्दो कुरा ? भौतिक दूरी कायम गर्नुपर्ने वेला यस्तो ठेलमठेल कति जोखिमपूर्ण ? सबै काम छोडेर पनि सरकारी संयन्त्रले यसमा तुरून्त ध्यानदिनुपर्ने हैन ? अब त कुम्भकर्णे निद्राबाट उठ सरकार !