सामाजिक सञ्जाल

किशोरको प्रश्नः सरकार हुकुम मात्र चलाउछ, कसरी खालान सिमित आय भएका ब्यक्तिले ?

काठमाडौं । वरिष्ठ पत्रकार तथा बुद्धिजीवी किशोर नेपालले कोरोना संक्रमण रोक्न सरकारले लगाएको लकडाउन स्वागत योग्य भएपनि निम्न आए भएका व्यक्तिको बारेमा सोच्न नसकेको बताएका छन् । साथ उनले सरकारले हरेक कुरामा हुकुम लगाएपनि त्यस्को जवाफ दिन नसक्ने भन्दै आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेपालले देशमा कोरोनाको कोलाहल भईरहँदा मजदूरी नगरी खान नपाउनेको संख्या धेरै भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्शण गराएका छन् । उनले आफ्नो ट्वीटमा यस्तो लेखेका छन्ः भोक त प्राकृतिक आवस्यकता नै भयो । कसरी खालान सीमित आयकायका ब्यक्तिले । सरकार हुकुम लगाउँछ । हुकुमको जवाफ छैन, कालको ओखति छैन ।

उनले मुलुकमा लकडाउन संगै निम्न आए भएका व्यक्तिका लागि कम्तिमा खानाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

उनको ट्वीटः कोरानाको कोलाहलमा लकडाउन भएको देशमा मजदूरी नगरी खान नपाउनेको संख्या कम छैन । लकडाउनलाई मानव अस्तित्वको आबश्यकताका रूपमा परिभाषित गरिएकोछ । भोक त प्राकृतिक आबश्यकता नै भयो । कसरी खालान सीमित आयका ब्यक्तिले । सरकार हुकुम लगाउँछ । हुकुमको जवाफ छैन, कालको ओखति छैन ।