सामाजिक सञ्जाल

नेता गुरुङको आक्रोसः खबरदार, सरकारको लुटतन्त्र कांग्रेस कहिल्यै टुलुटुलु हेरेर बस्दैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सरकारले चीनबाट ल्याएको स्वास्थ्य सामाग्रीमा गरेको भ्रष्टाचारप्रति आपत्ती जनाएका छन् ।

सामाजिक सज्ञाल ट्वीट मार्फत नेता गुरुङले कोरोना विरुद्धको अभियानमा आफ्नो पार्टी सरकारको साथमा भएपनि सरकारले गरेको करौंडौंको भ्रष्टाचारमा चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

उनले आफ्नो ट्वीटमा यस्तो लेखेका छन्, कांग्रेस कोरोनाको बिरुद्व लड्न सरकारको साथमा छ। तर यसको अर्थ यो होइन कि कोरोना बिरुद्व लड्न खरिद गरिएको सामाग्रीमा भएको करोडौं भ्रष्टाचारको पनि बिरोध नगर्ने ।

साथै उनले दुखमा कांग्रेस सरकारसंगै रहेको तर लुट धन्दामा कांग्रेस संधै सरकारको विरुद्धमा उभिने भन्दै कसैलाई दुबिधा नहोस् भनेका छन् । सरकारले चीनदेखि लिएको कोरोना सुरक्षा सामाग्रिहरुमा चरम भ्रष्टाचार भएको पाईएको छ ।

जस्को अहिले चौतर्फि बिरोध भईरहेको छ, सरकारले भने सामानमा केहि महंगो परेपनि भ्रष्टाचार नभएको भन्दै बचाउ गरेको छ । कोरोना माहामारीले सिंगो मुलुक दुखि भईरहेको अवस्थामा सरकारी निकायबाट यस्तो भ्रष्टाचार हुनु आफैमा गलत कुरा हो ।

 

उनको ट्वीटः कांग्रेस कोरोनाको बिरुद्व लड्न सरकारको साथमा छ । तर यसको अर्थ यो होइन कि कोरोना बिरुद्व लड्न खरिद गरिएको सामाग्रीमा भएको करोडौं भ्रष्टाचारको पनि बिरोध नगर्ने । दुखमा साथ दिन कांग्रेस सरकारसँगै छ । तर लुटको धन्दामा कांग्रेस सरकारको बिरुद्वमा छ । कसैलाई दुबिधा नहोस् ।