प्रवास

संक्रमितको संख्या वृद्धिसँगै जापानका नेपाली व्यवसायी चिन्तित

टोकियो । पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ ।

जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन थालेको छ । युरोप, अमेरिकालगायतका देशको तुलनामा जापानमा संक्रमितको संख्या अहिलेसम्म कम भएपनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आम मानिसमा त्रास फैलिएको छ । हालसम्म जापनमा संक्रमणका कारण ६५ जनाको मृत्यु भइसकेकोे छ भने संक्रमितको संख्या झण्डै २ हजार ५ सय ३९ पुुगेको छ ।

जापानको राष्ट्रिय फुल साकुरा फुल्ने यो मौसममा यहाँको हावापानी उत्तम मानिन्छ र यो समय जापानीले समूह बनाएर साकुुरा हेर्न भन्दै विभिन्न पार्कमा पुुगी रमाइलो गर्ने समय हो । यसलाई यहाँ हानामी भनिन्छ । यही कारणले पनि अहिले भीडभाड बढेसँगै जापानको राजधानी टोकियोमा भाइरस वृद्धि हुने खतरा बढेको हो ।

टोकियोका गभर्नर युुरिको कौइकोले अवस्था अत्यन्त संवेदनशील र जटिलतातर्फ मोडिएको भन्दै भाइरस नियन्त्रण नहुुँदासम्म संयमता अपनाउन अपिल गर्नुभएको छ । जापानमा विभिन्न कारणले स्थायी र अस्थायी रुपमा यहाँ बस्दै आएका नेपालीको संख्या झण्डै एक लाखको हाराहारीमा छ । संयोगवश अहिलेसम्म भाइरसको संक्रमणका कारण कुुनै पन नेपालीलाई भएको जानकारीमा नआएको गैहआवासीय नेपाली संघ (एनआरएनए), जापानकी सदस्य एलिजा केसी भण्डारीले बताईन् । उनले एनआरएनए जापानले कुनै अप्ठेरो परे सहयोग गर्ने भन्दै सम्पर्कमा रहन आग्रह गर्दै जापानमा आफनै व्यवसाय सन्चालन गर्ने नैपालीहरु पनि धेरै रहेकाले उनीहरुलाई असर पर्न सक्ने उल्लेख गरिन्।

बाग्लुङ, गलकोटका दिलु खत्री देशभित्र रोजगारी नपाएपछि २५ वर्ष पहिले जापानको एक होटलमा काम गर्न यहाँ आएकामा हाल उनको निजी लगानीमा व्यवसाय खुलेको छ । यस अन्तरालमा खत्रीले सात वटा नेपाली रेष्टुुरेन्ट खोलेका छन् । जापानका इवाराकी, चिवा र टोकियो केनमा सन्चालित उनका रेष्टुरेन्ट कोभिड १९ भाइरस संक्रमणको डरले ग्राहकहरु आउन छोडेपछि प्रायः सुनसान हुन थालेको खत्रीले बताए । ग्राहक आउन कमी भएपछि कामको चाप पनि कम हुन थाल्यो प्रतिफल उनले कर्मचारी कटौती गरेका छन् छ । उनका होटलहरुमा गरी झण्डै ५० कर्मचारीर रहेकामा अहिले पार्टटाइम काम गर्ने सबै कर्मचारी हटाइएको छ ।

दस वर्ष पहिले जापान आएका दोलखाका केशरमान कार्कीले चिवा केनको फुुनावासी र टोकियो सिनागोभुुमा गरी दुुईवटा रेष्टुुरेन्ट सन्चालनमा ल्याएका छन् । रातोभाले नामबाट सन्चालन गरेका यी दुुई रेष्टुुरेन्टमा प्रायः नेपाली समुदायको राम्रो जमघट हुने गर्दथ्र्यो तर अहिले सुुनसान बन्न थालेको छ । जम्मा ६० देखि ७० जना ग्राहक क्षमता रहेको रेष्टुरेन्टमा अहिले दिनभरमा १० देखि १५ जना ग्राहक हुन मुस्किल देखिएको उनले बताए । उनले एउटा रेष्टुुरेन्टमा महिनाको झण्डै रु तीन लाख भाडा तिर्नुुपर्छ । त्यसैगरी तिन कर्मचारीलाई व्यवस्थापन गर्न अहिले कार्कीलाई समस्या परेको छ ।

विद्यार्थीका रुपमा जापान आएका चितवनका उपेन पौडेल आफनो अध्ययन पुुरा भएपछि व्यवसायमा लागेका छन् । पौडेलले साइतामा केनको कितामोटो रेल स्टेनमा झण्डै ७० लाखको लगानीमा एउटा नेपाली रेष्टुुरेन्ट खोलेका छन् । उनले पनि आम्दानी घटेको बताए ।