आर्थिक

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा पचास लाख सहयोग

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासङ्घले रु ५० लाख सहयोग उपलब्ध गराएको छ ।

महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले रु ५० लाख नगद र करिब रु ७० लाख बराबरको खाद्य सामग्री तथा अन्य औषधी र औषधीजन्य सामग्री उपलब्ध गराएको छ । खाद्य तथा दैनिक उपभोग्य बस्तु भने लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी तथा श्रमिक वर्गलाई उपलब्ध गराउनेछ ।

महासङ्घले विपद्को समयमा सानो सहयोगले पनि ठूलो राहत दिने लक्ष्यका साथ महासङ्घका पदाधिकारीसहितको टोलीले सहयोग रकम उपलब्ध गराएको अध्यक्ष राणाले जानकारी दिईन् । अध्यक्ष राणासहितको टोलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई उक्त सहयोग रकम उपलब्ध गराएको हो । सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वअध्यक्ष पशुपति मुरारकालगायत उपस्थित थिए ।