बाग्मती

किट र पिपिईभन्दा अघिअघि त्यसमा भएको आर्थिक अनियमिता चाहिँ आइपुग्योः सभापति केसी

काठमाडौं । नेपाली काँग्रेस नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिँह केसीले कोरोना भाइरसको महामारीसँग लड्न देशभर लकडाउन र ठाउँ ठाउँमा कर्फ्यु लागेको छैठौं दिन बितिसकेको हुनाले अझैपनि स्वास्थ्यकर्मीहरूमा सुरक्षित सामग्री र पिपिईको अभाव, विरामीमा औषधिको अभाव र दैनिक ज्याला मजदुरी गरी खाने मजदुर वर्गमा खाद्यान्नको अभाव कायम हुनु दुःखद भएको बताएका छन् ।

उनले, छैठौं दिन, आज बिहान चीनबाट खरिद गरी ल्याइएका न्यून संख्याको परीक्षण किट, पिपिई र औषधि बाहेक सरकारले यो अवधिमा कुनै आशालाग्दो कदम नचालेको बताएका छन् । सभापति केसीले बरु किट र पिपिईभन्दा अघिअघि त्यसमा भएको आर्थिक अनियमिता चाहिँ आइपुगेको भन्दै यसले ‘संकटको बेला सरकार संरक्षक हुन्छ’ भन्ने विश्वासमा विचलन आउने सम्भावना रहेको बताएका छन् । सभापति केसीले यसबेला सरकारले तत्कालै जनताले अनुभूति गर्नेगरी स्वास्थ्य क्षमताको विकास गर्नु र विपन्नलाई तत्काल राहतको घोषणा गरिहाल्नु भन्दै बुँदागत माग गरेका छन् ।

उनका बुँदागत मागः
१. महामारीको सामना गर्न थप १५ दिन लकडाउन अवधि थप गर्नु आवश्यक देखिन्छ । यसका लागि आजै निर्णय गरियोस् ।
२. स्वास्थ्यकर्मीलाई पिपिई, अन्य सुरक्षा सामग्रीको तत्काल व्यवस्था गर्ने र महामारीसँग लड्न थप हौसला प्रदान गर्न विशेष वीमाको आजै घोषणा गरियोस् ।
३. सबै शंकास्पदहरूको परीक्षण गर्न पुग्ने गरी किटको तत्काल प्रबन्ध गरियोस् ।
४. दैनिक ज्याला मजदुरी गरी जीवन गुजारा गर्नेहरूका लागि एक महिनाको राहत प्याकेज घोषणा आजै गरियोस् ।