सामाजिक सञ्जाल

संकटको घडीमा काँग्रेस, कम्युनिष्ट, राप्रपा र सत्ताभन्दा पनि मानवता पहिलो होः नेता गुरुगं

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरगंले काँग्रेसले केन्द्रीय समिति बैठकले सहमतीय सरकारको बारेमा निर्णय गरिनसकेको हुँदा कसैको व्यक्तीगत बिचारलाई लिएर पार्टीको बिचार भन्न नहुने बताएका छन् । उनले आफूले केहिदिन अगाडी नै कोरोना संक्रमणबाट बाँचेदेखी राजनीति गरौला पछि भन्ने पहिले गरेको ट्वीट स्मरण गराउँदै उक्त कुरा बताएका हुन् । उनले सत्ता पक्षले पनि कोरोना संक्रमणको समयमा राजनीति नगर्नुपर्ने बताएका थिए ।
नेता गुरुगंले बरिष्ठ नेता रामचन्द्र पौडेलले केहीदिन अगाडीको फेसबुक लाईभमा सहमतीय सरकारको कुरा उठाएको बिषयलाई लिएर उक्त बिचार ब्यक्तीगत भएकोतर्फ संकेत गरेका हुन् । नेता पौडेलले माहासंकट समाधानका बेला सहमतीय सरकार बनाएर अगाडी बढ्नुपर्ने बिचार ब्यक्त गरेका थिए । नेता गुरुगंले भने स्पष्टसँग पहिले कोरोना संक्रमणको संत्रासबाट मुलुक र जनतालाई निकाल्नुपर्ने त्यसपछिमात्र राजनीतिक कुरा गर्नुपर्ने स्पष्ट बताएका छन् । उनले काँग्रेस, कम्युनिष्ट, राप्रपा भन्दा पनि मानवता पहिलो हो भन्ने कुरालाई संकटको बेलामा जोड दिनुपर्ने स्पष्ट बिचार दिँदै आएका छन् ।

उनको स्टाटस्ः कोरोनाको त्राशदीले सिङ्गो देश छट्पटाईरहेको वेलामा कांग्रेसलाई सत्ता मोहको आरोप लगाउन थालेको रहेछ। नेका केसले त्यस्तो निर्णय गरेको छैन। कसैले सहमतीय सरकारको कुरा उठाएको भए त्यो व्यक्तिगत धारणा मात्रै हो। यस सन्दर्भमा मैले मेरो व्यक्तिगत धारणा २७ तारिखमै यसरि राखेको थिएँ।