आर्थिक

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि १० लाख सहयोग

कैलाली । सिद्धार्थ बैंक लिमिटेडले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारसँग हातेमालो गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई शनिबार रु १० लाख सहयोग गरेको छ ।

बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख पवनचन्द अधिकारी र धनगढीमा शाखाका प्रबन्धक नितेश श्रेष्ठले मुख्यमन्त्री भट्टलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिए ।

बैंकले देशभर सातवटै प्रदेशमा रु १०÷१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको बैंकका प्रदेश प्रमुख अधिकारीको भनाइ छ ।