आर्थिक

एनआईसी बैंकद्वारा पाँच स्थानमा सहायता केन्द्र सञ्चालन

सिरहा । कोरोना भाइरस (कोभिड–१९) का कारण ‘लक डाउन’को मार खेपिरहेका आफ्ना ग्राहकका लागि एनआईसी एशिया बैंकले प्रदेश नं २ का बिभिन्न जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।

टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी प्रदेशका आठ वटै जिल्लामा ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका उप–प्रादेशिक कार्यालयका प्रमुख जितेन्द्रकुमार साहले जानकारी दिए ।

कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभर लक डाउन गरेपछि समस्यामा परेका ग्राहकले घरभित्रबाटै आफ्ना गुनासा राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख साहले बताए । बैंकले प्रदेश राजधानी जनकपुरसहित पर्साको वीरगञ्ज, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर र सिरहाको लहानमा ग्राहक सहायता केन्द्र सञ्चालन गरेको छ ।