बाग्मती

सरिन् भन्छन्ः राजनीति थाँति राखौँ र मानवताको लागि एक होऔं

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभरि दु्रत गतिमा फैलिरहेको छ। यस्तो बेलामा मानवको शु-स्वास्थ्य, मानवता, विश्व शान्ति र बिकासको हामी सबै एकजुट हुनुको विकल्प छैन। यस जटिल घडीमा अपर्हियता भनेको सरकार, सबै राजनीतिक दल, फरक विचारधारा बोकेको मानिस र सर्वसाधारण जनता एकजुट भएर कोरोना भाइरस बिरुद्ध लड्नु हो।

विश्वको परिस्थिति पनि करिब यसै तर्फ उन्मुख छ। अमेरिका र चिनका राष्ट्रपतिहरुको कुराकानी पनि सौहार्दपूर्ण रह्यो र दुवै देशले कोरोना माहामारी विरुद्ध एक भएर लड्ने बाचा गरे।

त्यस्तै, नेपालमा पनि प्रजातन्त्रवादी र कम्युनिस्टहरु एक अर्का बिरुद्धको बिगतका तिक्ततालाई थाँति राखेर यस कठिन र चुनौतीको घडीमा एकसाथ लड्न जरुरी छ अनि मात्र हामीले कोरोना भाइरसको बिरुद्ध लड्न सक्षम हुनेछौँ र नेपाल एक पटक फेरि सुख र समृद्धिको बाटोमा अघि बढ्ने छ। 

(सरिन घिमिरे ट्रान्स हिमालय बिकाश केन्द्रका
उपाध्यक्ष हुन् ।)