प्रदेश 1

इनरुवाबाट प्रकाशित पत्रिका बन्द, घरघरमा निःशुल्क तरकारी

इनवा । लकडाउनका कारण सुनसरी सदरमुकाम इनरुवाबाट दैनिक र साप्ताहिक रुपमा प्रकाशन हुँदै आएका पत्रिका बन्द भएका छन् ।
सरकारले लागु गरेको लकडान कार्यक्रमलाई प्रभावकारी बनाउन र कोरोना भाइरसको त्रासका कारण इनरुवाबाट दैनिक रुपमा प्रकाशन हुँदै आएका पत्रिका बन्द भएको हो ।
इनरुवाबाट दैनिक रुपमा प्रकाशन हुँदै आएका जनशताब्दी दैनिक, प्रतिक्षण दैनिक, वर्णमाला दैनिक र पपुलर न्युज सप्ताहिक पत्रिका बन्द भएको जनशताब्दी दैनिकका प्रकाशक/सम्पादक प्रमोद यादवले बताए ।

हरिनगरमा क्वारेन्टाइन निर्माण
कोभिड –१९ सङ्क्रमित भेटिएमा उनीहरुको निगरानी तथा उपचारको व्यवस्था मिलाउन सुनसरीको हरिनगर गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको छ । हरिनगर गाउँपालिका १ रामनगर भुटहामा रहेको बिजी अस्पतालमा ५० जना अट्ने क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।
कोभीड –१९ बाट कसरी बच्ने, यसबाट बच्नका लागि के के कुरामा ध्यान दिनेलगायत विषयमा स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम पनसँञ्चालन भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापाले बताए ।

घरघरमा निःशुल्क तरकारी
सुनसरी सदरमुकाम इनरुवाका युवाले निःशुल्क रुपमा घरघरमा तरकारी आपूर्ति अभियान शुरुआत गरेका छन् । लकडाउनको पालना गर्दा छाक टार्न समस्यामा परेका गरीब, असहाय र विपन्न परिवारलाई लक्ष्य गरी इनरुवाका दीपेश ढकाल, विवश पण्डित र प्रमेश पौडेलसहितका युवाले निःशुल्क तरकारी पु¥याउने अभियान शुरु गरेका हुन् ।
व्यक्तिगत रकम जम्मा गरी समस्यामा परेका परिवारलाई छाक टार्ने उद्येश्यले युवाको समूहले निःशुल्क रुपमा घरघरमा तरकारी पु¥याउने अभियान चलाएको य ढकालले बताए । अभियान सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय सुनसरी र सुनसरी प्रहरीले अनुमतिसमेत प्रदान गरेका छन् ।