राजनीति

तत्काल राहत घोषणा/ कार्यान्वयन गर्न ढिला नगर्न सरकारलाई सभापति देउवाको पुनः अपील

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लकडाउन घोषणा गर्नु स्वभाविक भएको जिकिर गरेका छन् । उनले छिटपुट घटना बाहेक यसलाई अधिकतम् पालना गरेको भन्दै सबै दिदिबहिनी दाजुभाइलाई म हार्दिक धन्यवाद दिएका छन् । सभापति देउवाले ठुलो जोखिमबाट जोगिन आजको यो कष्ट उठाउनु सबै नेपालीको कर्तव्य हो भन्दै घरमै बसेर सुरक्षीत रहन र लकडाउनलाई इमानदारीसाथ पालना गर्न म सबैमा अनुरोध गरेका छन् ।

उनले लकडाउनका कारण विभिन्न बर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृस्टिगत गरेर तत्काल आवश्यक निर्णय गर्नुपर्ने बिषयमा सरकार समक्ष कुरा गरेको जानकारी दिँदै पुनः सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले ४ बुंदे मागसहित अपील गरेका छन्ः

१) दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरि तत्काल बिशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु। दिनभर काम गरेर सांझ खाने बर्गलाई नै लक डाउनले सबैभन्दा बढी असर पुर्‍याएको छ।

२) न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानी लगायतका शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरि योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसंग माग गर्दछु ।

३) लकडाउनका कारण प्राय सबै ब्यवसाय बन्द स्थितिमा छन् । यस्तो बेला खुद्रा ब्यापारी देखि ठुला ब्यवसायी सम्मलाई असर पुग्नु स्वभाविक छ । यसले रास्ट्रलाई दुरगामि असर पुर्‍याउन सक्दछ ।

अतः
क) २० लाख सम्मको ऋण लिएका साना ब्यवसायीलाई लकडाउनको असर र ब्यवसाय तंग्रीने अनुमानित अवधी समेत ख्याल गर्दै कम्तिमा ३ महीनाको ब्याज पुरै मिनाहा गर्न र त्यसपछिको निस्चित अवधिका लागि ब्याज दर घटाउन माग गर्दछु ।

ख) ठुला ब्यवसायिका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधी ३ महिनापछि सार्ने प्रबन्ध मिलाउन सरकार समक्ष अपिल गर्दछु ।
४) साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेका छन् । सबै खाले संचार माध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई राहतको योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउंदछु ।

उनले विश्व स्वाथ्य संगठनले सचेत हौ भनेर अपिल गरेको महिना दिन पुगिसक्दापनी स्वास्थ्यकर्मिले अझै पर्याप्त पीपिइ नपाउनु लज्जास्पद कुरा हो । म सरकारलाई यथासिघ्र पीपिइ, परिक्षण कीट, आइसोलेसन वार्ड र भेण्टिलेटरको पर्याप्त प्रबन्ध गर्न अपिल गरेका छन् ।