बाग्मती

नेता केसीको अगुवाईमा नुवाकोट काँग्रेसले कोरोनाको शंका लागे तत्काल सम्पर्क गर्न बनायो समिति

त्रिशुली । नेपाली काँग्रेस नुवाकोटले कोरोना भाईरस भएर अस्पताल जान कसैलाई समस्या भएमा सम्पर्क गर्न भन्दै समिति बनाएको छ । जिल्ला सभापति एबम् नेता जगदीश्वर नरसिंह केसीले बिज्ञप्ती प्रकाशन गदै उक्त कुरा बताएका हुन् । राँगा, खसी काट्ने बाहनामा वा तासजूवा खेल्ने नाममा वा अन्य कुनै पनि नाममा जमघट हुने काम तुरुन्त बन्द गरौँ भन्ने आग्रहसहित सभापति केसीले अहिले नै सबै सचेत रहेमात्र सबै नेपाली कोरोना संक्रमणबाट बाँच्न सकिने बताएका छन् । समिति बनाउन पहल कदमी र समन्वय सभापति केसीले गरेका छन् ।

सभापति केसीले बिज्ञप्तीमा भनेका छन्ः

कोरोना भाइरस र यसबाट सिर्जित कोविड–१९ त्रासका कारण देश यतिखेर पूर्णतः लकडाउनमा छ । यो लक डाउनलाई यातना वा स्वतन्त्रता हननको रूपमा नलिई हाम्रो आफ्नै जीवनरक्षाका लागि अनिवार्य औषधिको रूपमा लिनु आवश्यक छ । यसको संक्रमणबाट जोगिन अपनाउनु पर्ने सबै सावधानी इमान्दारीपूर्वक अपनाएरमात्र हामी यो महामारीसँग लड्न सक्छौँ ।
अहिले गाउँमा मानिसहरूको संख्या बढेको छ । तर यो भेटघाट र भलाकुसारीको समय होइन । राँगा, खसी काट्ने बाहनामा वा तासजूवा खेल्ने नाममा वा अन्य कुनै पनि नाममा जमघट हुने काम तुरुन्त बन्द गरौँ । भारत र अन्य देशबाट घर आएकाहरू कोही पनि १४ दिन सम्म परिवारसँग घुलमिल नगरौँ । सेल्फ क्वारेन्टाइनमा बसौँ । ९८५११४७४३२९८५११४७४३२०नेपालि कोङ्रेस सबैमा हार्दिक अनुरोध गर्दछ।
यदि नुवाकोटबासी कसैमा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएर अस्पताल जानुपर्ने भई सवारी साधनको आवश्यकता परेमा तल उल्लेखित फोनमा सम्पर्क गर्नु होला ।
शिवपुरी गापा अध्यक्ष रामकृष्ण थापा -९८४१६३०२७५, दुप्चेश्वर गापा अध्यक्ष योविन्द्रसिंह तामाङ- ९८५१०७१९५३, लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठ -९८५१०५३५१६, सूर्यगढी गापा अध्यक्ष सन्तबहादुर तामाङ -९८५११४७४३२, तादी गापा अध्यक्ष नारायण पाण्डे ९८५१२३०१५२, किस्पाङ गापा अध्यक्ष छत्र तामाङ- ९८५११७३४३३ र म्यागङ गापा अध्यक्ष आशाबहादुर तामाङ -९८४१७५९१०८ सँग सम्पर्क गर्नुहोला । साथै, हाम्रा साथीहरू, वसन्तराज केसी (९८५११४३२२२) र मछिन्द्र प्याकुरेल ९९८५१०८६४२९० ले संकटको यो घडीमा सर्वसाधारणलाई मदत गर्न पार्टीसँग समन्वयन गरी आफ्नो निजी सवारी साधन प्रयोग गरी सहयोग गर्नुहुने भएको छ । उहाँहरूसँग सम्पर्क गरी सेवा उपयोग गर्नुहोला । यसमा थप समन्वयको आवश्यक परे पार्टी कार्यलय सचिब कृष्ण रिजाल (९८४१६९७२६६) सँग सम्पर्क गर्नुहोला ।