समाचार

राधामाधव समितिद्वारा रु १५ लाख

काठमाडौं । राधामाधव समिति नेपालले सरकारले स्थापना गरेको कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १५ लाख सहयोग प्रदान गरेको छ ।

कोभिड सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई सघाउने उद्देश्यले समितिले उक्त रकम कोषको खातामा जम्मा गरिएको जनाएको हो ।

समितिका नेपाल संरक्षक स्वामीश्री हरिदासजीले कोभिडको विश्वव्यापी महामारीको महान विपत्तिको यस क्षणमा असीम धैर्यता र विशेषः सजगता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।

सरकारले यही चैत १० गते कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरी रकम जम्मा गर्न अनुरोध गरेको थियो ।