पु.समाचार

धनराज भन्छन्ः भयाभह स्थीती आउन नदिन घरमै बसौं, कोरोनालाई परास्त पारौं

काठमाडौं । काँग्रेस नेता धनराज गुरुगंले लकडाउन सरकारका लागि नभै हाम्रै (सबै जनता) लागि हो भनेका छन् । उनले सबै नेपाली जनतालाई, तसर्थ घरमै बसौं। कोरोनालाई परास्त पारौं। भन्ने आग्रह गरेका छन् । नेता गुरुगंले कै दिनमा इटलीमा ९१९,स्पेनमा ७७३ र अमेरिकामा ४०० जनाको मृत्यु भएको घटनालाई जोड्दै भयाबह स्थीति नेपालमा आउन नदिने हो भने सजगता अप्नाउनुको विकल्प नभएको दाबी गरेका छन् ।

उनको स्टाटस्ः सबैलाई नमस्कार१ कोरोनाले गएको २४ घण्टामा ३,२८४जनाको ज्यान लियो। एकै दिनमा इटलीमा ९१९,स्पेनमा ७७३ र अमेरिकामा ४०० जनाको मृत्यु भयो। यो भयाबह स्थीति नेपालमा आउन नदिने हो भने सजगता अप्नाउनुको विकल्प छैन। लकडाउन सरकारका लागि नभै हाम्रै लागि हो। तसर्थ घरमै बसौं। कोरोनालाई परास्त पारौं।