सामाजिक सञ्जाल

नेतृ झाँक्रीको प्रश्नः स्थानीय सरकारले आफ्नो गाउँ/नगर/वडाभित्र बिदेशबाट को आएको छ, रेकर्ड राख्न त सक्छ नि ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले छ हजार ८ सय वडा, ७ सय ५३ स्थानिय तह र ७ प्रदेशले नै कोरोना नियन्त्रणका लागि काम गर्नुपर्नेमा जोड दिएकी छिन् ।

नेतृ झाँक्रीले विदेशबाट आएकाहरुको तथ्यांक संकलनगरी क्वारेन्टाईनमा राख्नाले पनि कोरोना नियन्त्रणमा धेरै टेवा पुग्ने भन्दै सबै स्थानीय सरकारलाई यो अभियानमा जटन आह्वान गरेकी छिन् ।

प्रत्येक प्रदेश सरकारले प्रदेश स्तरको एउटा कोरोना टेष्ट हुने प्रयोगसाला बनाउनुपर्नेमा जोड दिँदै उनले संघीय, सात प्रदेश, र ७५३ स्थानीय सरकार, करीव ६८०० वडाका जनप्रतिनिधि सरकारको हैसियतमा काम समन्वय गरि काम गर्नुपर्ने बताईन् ।

कोरोना संकटका बेला स्थानिय सरकारहरूले आईसेलेशन वार्ड बनाउने मात्र नभई, सामाजिक आईसेलेशन कायम गर्न नागरीकलाई सचेत गराउन, बाहिर देशबाट अँएकाको तथ्याकं संकलन गर्न सक्ने हुँदा उक्र कार्य गर्न ढिलाई गर्न नहुने नेतृ झाँकृको तर्क छ। नेतृ झाँक्रीले वाह्य मुलुकदेखि आएकाहरुले आफुलाई कोरोना भएको छैन भन्दै आईसोलेशनमा बस्न अटेरी गर्ने गरेको समाचार दुःखद भन्दै सरकारको निर्देशन नमान्ने जो कोहि व्यक्तिलाई कारबाहि गर्नुपर्ने उनको भनाई छ ।

भारतमा लकडाउनपछि भित्रने ठूलो संख्या र चैत्र पहिलो सात हवाई मार्गबाट नेपाल भित्रने सुन्य संख्या नेपालको लागि ठूलो चुनौति हुने भन्दै उनले लापरबाही नगरी महामारीको अबस्थामा सरकारले चालेका हरेक कदम, आदेशको समर्थन र पालना गर्न सबै नागरिकलाई अपील गरेकी छन् ।

उनको स्टाटसः स्थानीय सरकारले Medical intervention गर्न सक्दैन तर आफ्नो पालिका, वडाभित्र बाहिरबाट को, कहिले, कहाँबाट आए भन्ने विवरण राख्ने गर्न त सक्छ नि । बाहिरबाट आएकालाई सामाजिक आईसोलेसनमा राख्ने १४ दिन सम्म कतै हिड्न नदिने हो भने मात्र पनि महामारी रोक्न सहयोगी हुन सक्छ । त्यसै गरी प्रदेश सरकारले प्रदेश स्तरको एउटा कोरोना टेष्ट हुने प्रयोगसाला बनाउन त सक्छ निरु ऐले हामीसंग संघीय सरकार–१, प्रदेश सरकार–७, स्थानीय सरकार–७५३, वडाहरू करीव ६८०० जनप्रतिनिधि सरकारको हैसियतमा काम गर्दैछन । यो संकटको बेला यि सबै राज्यका सरकार वा ईकाईहरू कसरी काम गर्दछन भन्ने आधारमा धेरै कुरा आकलन गर्न सकिन्छ । हाम्रा स्थानिय सरकारहरूलाई आईसेलेशन वार्ड बनाउने मात्र होईन, सामाजिक आईसेलेशन कायम गर्न नागरीकलाई सचेत गराउनु पर्छ। जबरजस्ति मलाई केही भएको छैन म किन १४ दिन सम्म क्वार्नटाईनमा बस्ने भन्ने ब्यक्तिहरूलाई हाम्रो कानुन र कानुनले हुन सक्ने सजायबारे स्मरण गराउनुपर्छ । यि ईकाईले गर्ने Political intervention नै हो । भारतमा लकडाउनपछि भित्रने ठूलो संख्या र चैत्र पहिलो सात हवाई मार्गबाट नेपाल भित्रने सुन्य संख्या नेपालको लागि ठूलो चुनौति हुनेछ। खेलाची नगरौ यो महामारीको अबस्थामा सरकारले चालेका हरेक कदम र आदेशको समर्थन र पालना गरौ। नागरीक कर्तब्य पुरा गरौ ।