राजनीति

डा भट्टराईको प्रश्नः कोरोना संकटलाई आर्थिक प्याकेज घोषणा गर्न अर्थमन्त्रीले कुन साईत पर्खेको ?

काठमाडौं । पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकार लकडाउन पछिको अवस्थाको बारेमा चिन्तीत नभई कानमा तेल हालेर बसेको बताएका छन् । ‘

बाहिर निस्के महामारीले मर्ने, घरभित्र बसे खान नपाएर मर्ने’ अवस्था प्रति चिन्ता प्रकट गर्दै उनले लकडाउनपछि यो तीतो यथार्थ सबैतिर चैतको डढेलो झैं सल्किन्छ भन्ने बुझ्दाबुझ्दै सरकार किन कानमा तेल हालेर बसेको हो भन्दै प्रश्न गरेका छन् ।

डा भट्टराईले विश्वभर र छरछिमेक सबैतिर लकडाउन संगसंगै आर्थिक प्याकेज घोषणा भैसक्दा हाम्रा अर्थमन्त्रीले कुन साइत पर्खेको भन्दै प्रश्न गरे । यस्तै कोरोना माहामारीसंग जुधिरहेको अवस्थामा अन्य देशरुले करोडौं रकम छुट्याई रहँदा नेपाल सरकार भने मौन देखिएको छ ।

दिनभर काम गरि साँझ खाना आने मजदुरहरुको अवस्था जटिल बन्दै गईरहका बेला सरकारले यसतर्फ ध्यान पुर्याउन सकेको छैन । जसले गर्दा लकडाउनपछि मुलुकमा चरम आर्थिक संकट हुने खतरा देखिएको छ ।

उनको ट्वीटः ‘बाहिर निस्के महामारीले मर्ने,घरभित्र बसे खान नपाएर मर्ने’! लकडाउनपछि यो तीतो यथार्थ सबैतिर चैतको डढेलो झैं सल्किन्छ भन्ने बुझ्दाबुझ्दै सरकार किन कानमा तेल हालेर बसेको हो ? विश्वभर र छरछिमेक सबैतिर लकडाउन संगसंगै आर्थिक प्याकेज घोषणा भैसक्दा हाम्रा अर्थमन्त्रीले कुन साइत पर्खेको ?