प्रवास

युएईमा थप दुई नेपालीमा देखियो कोरोना संक्रमणः अवस्था सामान्य

काठमाडौं । रोजगारीका लागि युएई गएका दुई नेपालीमा कोभिड १९ कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसंगै युएईम कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ ।

यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि निको भएका थिए । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तंथ्याक अनुसार २ जना नेपालीसहित हालसम्म ५५ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य लाभ हुनेमा भारत र पाकिस्तानका एक–एक जना पनि छन् ।

शुक्रबार फेला परेका नयाँ संक्रमितहरुमा नेपाल सहित श्रींलका, जोर्डन, प्यालेष्टाइन, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्भिया, ग्रीस, उरुग्वे, रोमानिया, स्विेडन, दक्षिण अफ्रिका, इराक, यमन, इथोपिया, इमराती, बेलायत, पाकिस्तान, लेबनान, भारत र बंगलादेशका नागरिक रहेको यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।