अन्तर्राष्ट्रिय

कोभिड–१९ः विश्वभर २७ हजार वढीको मृत्यु, पाँच लाख ९३ हजारमा सङ्क्रमण

एजेन्सी । चीनको बुहान सहरबाट फैलिएको प्राणघातक भाईरस कोरोनाले विश्वभरी माहामारीको रुप लिएको छ ।

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ९८ पुगेको छ ।

कोरोना भाइरस डटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार आज बिहान ६ बजेसम्म ५ लाख ९३ हजार २ सय ९१ लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, एक लाख ३० हजार ९ सय १५ जना उपचारपछि निको भएका छन्।