साहित्य

हिँड्ने बेलामा बा ले भन्नु भो आज नजानू औंशी परेछ

-कल्पना काफ्ले                                                                                                            -गजल                 

 

छोराले घर बनायो शहरमा आमालाई लिएर आयो
बाँझो खेतबारी गाउँमै साहु बा लाई जिम्मा दिएर आयो ।

हिँड्ने बेलामा बा ले भन्नु भो आज नजानू औंशी परेछ
दुर्घटना भो बाटामा छिनमै कालो बादल मडारिएर आयो ।

झरी बर्सियो अविरल खरको छाना भएका वस्तीमाथि
मन फाट्यो नमिठो गरी टालटुल गरी भाइले सिएर आयो ।

रुपैयाँको मोलमोलाइ गर्दै सिंह गर्जियो दरवारभित्र
बात लाग्यो, केही दिन गुप्तबास बसेपछि चोखिएर आयो ।

उच्चाशनमा पुगेपछि टन्न पियो र भोगी बिलासी बन्यो
लाज पचाउन मात्र केही दिन जेलभित्र कोचिएर आयो ।।