विचार/ब्लग

दानवीर दिवंगत काँग्रेस नेता ‘आले मामा’लाई यसरी सम्झन्छु

लोकेश ढकाल / कोरोना कहरको लक डाउन कै बीचमा आज हामी सबैका प्रिय “आले मामा” गजेन्द्रकुमार लामाको दुस्खद् निधनको समाचारले मन स्तव्द भएको छ ।

विगत एक महिना देखि कलेजो प्रत्यारोपण गरेर दिल्लीमा उपचार गरिरहनु भएका गजेन्द्रकुमार लामाको आज भारतको दिल्ली स्थित मेदान्त अस्पतालमा उपचारकै क्रममा दुस्खद निधन भएको हो ।

व्यक्तिगत रूपमा विगत झण्डै ४० वर्ष भन्दा लामो समय देखि परिचित मामा लामो समय एक्सन एडमा कार्यरत हुनुहुन्थ्यो ।०४६ को राजनीतिक परिवर्तन पछि उहाँ काँग्रेसमा आवद्ध हुनुभयो । पार्टी संगठन निर्माण गर्ने क्रममा उहाँसंग मेरो राजनीतिक निकटता हुन पुगेको थियो ।

४९ को स्थानीय विकायको निर्वाचन कामपा वडा नं। ६ बौद्धबाट नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उमेद्वार हुनु भएको थियो । १० औं महाधिवेशनबाट उहाँ नेपाली काँग्रेस, कामपा ६ नं. वडा समिति, बौद्धको अध्यक्ष, पार्टीको १२ औं एवम् १३ औं महाधिवेशनबाट महासमिति सदस्य हुनुहुन्थ्यो ।

शिक्षा सेवी लामा लुम्बिनी विकास कोषको कोषाध्यक्ष, उपाध्यक्ष, लुम्बिनी बौद्ध विश्वविद्यालको कार्यकारी समितिको सदस्य भएर राष्ट्रीय ज़िम्मेवारी निर्वाह गर्नु भएको थियो । साथै उहाँ महेन्द्र बौद्ध मा वि, संचालक समितिको पूर्व अध्यक्ष, लुम्बिनी एकेडेमिक कलेज, चावहिलको सल्लाहकार समेत हुनुहुन्थ्यो।

-स्मरणमामात्र सेतो हाफ पाइन्ट, टि–सर्ट , घडी लगाएका अनि मोवाईल बोकेकामामा- मामासँग नेता ढकालसहितका बिद्वानहरु

लोकप्रिय समाजसेवी गजेन्द्रकुमार लामा नेपाल अपांग संघको राष्ट्रीय अध्यक्ष, अर्थोपेडिक अस्पताल, जोरपाटीको अध्यक्ष, बौद्धनाथ विकास समितिको अध्यक्ष रहेर उल्लेख्य योगदान दिनु भएको थियो । विभिन्न विद्यालय, गुम्बा, मन्दीर निर्माणमा उहाँले उलेख्य आर्थिक सहयोग समेत गर्दै आउनुभएका दानवीर लामा अन्य थुप्रै सामाजिक संस्थासंग पनि आवद्ध हुनुहुन्थ्यो ।

मामालाई महिले चिनेसम्म उहाँ कहिल्यै पनि जनजाती आन्दोलनमा लाग्नु भएन । उहाँ हाम्रो परम्परागत वैदिक सनातन धर्म र सँस्कृतिको पक्षपाती हुनुहुन्थ्यो । पछिल्लो राजनीतिक परिवर्तन पछि देश जवरजस्त रूपमा धर्म निरपेक्ष राष्ट्र घोषणा भए पछि बौद्ध धर्म संस्कृति माथि परेको नकारात्मक असरबाट चिन्तित हुनुहुन्थ्यो । त्यसैले उहाँ वैदिक सनातन धर्म र सँस्कृतिको पक्षपाती हुनुहुन्थो । त्यसैले त उहाँ काँग्रेसको पछिल्लो महासमिति वैठकमा हामी वैदिक सनातन धर्म सहितको हिन्दूराष्ट्रको पक्षमा गरिएको हस्ताक्षर अभियानमा हस्ताक्षर गरेर सहभागी हुनु भएको थियो ।

उहाँ उपचारको लागि दिल्ली जानु भन्दा केही हप्ता पूर्व मैले मामालाई घरमा नै गएर भेट्दा निकै निरास देखिनु भएको थियो, शायद रोगले च्याप्दै थियो, नेपालमा डाक्टर देखाइरहनु भएको थियो, रोगको निर्क्योल भैसकेको थिएन । वढो भावुक भएर मलाई भन्नु भएको मलाई सम्झना छ, ‘लोकेश वावु मैले अव सक्रिय राजनीति छोड्ने निर्णय गरें, अव पार्टी महाधिवेशनमा सहभागी हुन्न, पार्टीलाई आवश्यक सहयोग वाहिरबाट नै गर्छु ।’ तर दुर्भाग्य, उहाँबाट अब पार्टीले कहिल्यै सहयोग नपाउने गरी सदाका लागि हामीलाई छोडेर जानुभयो ।

विश्वव्यापी कोरोनाको महामारीबाट भारत र नेपाल दुवै देश पूर्ण रूपमा लक डाउनमा भएको अवस्थामा निश्चय नै उहाँको सव नेपाल ल्याउन निकै चुनौति छ । यसका वावजुद प्रयास भैरहेको वुझिएको छ ।

दुःखको यस घडिमा माइजु, मामाकी छोरी जसले पिताजीलाई कलेजो दान गरेकी थिइन, छोरा सहित परिवारमा हार्दिक समवेदना, हार्दिक श्रद्धांजली आले मामा !