पु.समाचार

नेता लामाको निधनमा सभापति देउवाको समबेदना

काठमाडौं । नेपाली कांग्रेस काठमाण्डौं निर्वाचन क्षेत्र नं. ३ का महासमिति सदस्य, वरिष्ठ समाजसेवी एवं काठमाण्डौका अग्रज तथा लोकतन्त्रवादी नेता गजेन्द्र कुमार लामाको बिहीबार भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा सभापति शेरबहादुर देउवाले समबेदना प्रकट गरेका छन् ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन् – “काठमाण्डौका अग्रज एवं लोकतन्त्रवादी नेता गजेन्द्र कुमार लामाको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । उहाँले नेपालको प्रजातान्त्रिक र पार्टी संगठनमा पु¥याउनु भएको सकृय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”