अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्प र सी जिनपीङबीच कोरोनाका बिषयमा भयो कुराकानी

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहीबेर अगाडीमात्र चीनियाँ राष्ट्रपति सीसँग कुरा गरेका छन् । कारोना भाईरसका कारण बिश्वमा पारेको प्रभावको बारेमा कुरा भएको राष्ट्रपति ट्रम्पले बताएका छन् । उनले ट्वीट गर्दै आगामी दिनमा कोरोना भाईरसको प्रभाव रोक्न संगै अगाडी बढ्ने कुरा भएको खुलस्तगरेका छन् । उनले चाईनाले कोरोना भाईरसको बारेमा बढि जानेको भनेका छन् ।

चिनीया राष्ट्रपति सी जीनपीङले अमेरिकामा मानवीय क्षती हुन नदिन आवश्यक परेर सहयोग गर्ने बताएको बीबीसीले जनाएको छ । सी पनि अमेरिकासँग भाईरसबिरुद्ध संगै हिँड्ने बताएका थिए । कुराकानीमा सीले अमेरिकी राष्ट्रपतिसँग आफूहरु पुरै पारदर्शी भएको र सूचना दिन एकरतीपनि ढिला नगरेको बताएका थिए । एशियन, अफ्रिकन, युरोपीयन मुलुकहरुलाई सहयोग गरिरहेको चाईनाले अमेरिकालाई पनि सहयोग गर्ने बचान दिएको भएपनि राष्ट्रपति ट्रम्पले सहयोग अस्विकार गरेका थिए ।