पु.समाचार

कोरोना रोक्न दिनरात सकृय गगनलाई गिज्याउने/उडाउनेको नियत गलतः सँग्रौला

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एबत्रम् केन्द्रीय सदस्य गगन थापाको लेखक एबम् बुद्धिजिवी खगेन्द्र संग्रौलाले प्रशँसा गरेका छन् । उनले ट्वीट गर्दै गगनले काठमाडौं । कोरोनासँग लड्न सजगता, सतर्कता, सक्रियता र एैक्यबध्द क्रियाशीलताको आवश्यकताबारे ठीकै त भनेको भन्दै गगन बिरोधीहरुका लागि मुख बन्द गरेका छन् ।

यसरी कोरोनाको संक्रमणबाट बच्न बिभिन्न सल्लाहहरु दिने र सरकारमा नभएका बेला समेत सकृय रहने गगनका बिरोधमा उत्रिँदै उनलाई गिज्याउने र उडाउने स्वनामधन्य ज्ञानीहरूको नियत के हो कुन्नि भन्ने प्रश्न समेत गरेका छन् । उनले गगनलाई यसबेला पनि सिध्याउन खोज्नेको नियत मुलुक र जनताका लागि गलत भएको संकेत गरेको देखिन्छ ।

संग्रौलाको स्टाटस्ः गगनले कोरोनासँग लड्न सजगता, सतर्कता, सक्रियता र एैक्यबध्द क्रियाशीलताको आवश्यकताबारे ठीकै त भनेका छन्। यिनलाई गिज्याउने र उडाउने स्वनामधन्य ज्ञानीहरूको नियत के हो कुन्नि!