राजनीति

सरकार/नेता/मिडिया/नागरिक कतैबाट पनि गलत सुचना दिनु अपराधः महामन्त्री खड्का

चैत्र १४, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले संकटको बेलामा नागरिकलाई गलत सुचना प्रवाह गरेर झन् पीडा नदिन संचार जगतलाई आग्रह गरेका छन् । उनले ट्वीट गर्दै सरकार, राजनीतिक दल, नेता, संचार जगत, नागरिक समाज, ब्यक्ति कतैबाट पनि गलत सुचना प्रवाह हुनु अपराध भएको जिकिर गर्दै गलत सूचना जोकोहीबाट पनि दिन नहुँने बताउका छन् । नेता खड्काले गलत सुचनाले झन् संकट निम्त्याउने हुँदा जिम्मेवार बन्नुपर्ने बताएका छन् । नेता खड्काले संकटबाट वच्न र सुरक्षित हुन कोरोना भाईरस बारे सहि सुचनाले ठुलो सहयोग पुग्ने हुँदा सही सुचना दिन सबैलाई आग्रह गरेका छन् ।

उनको स्टाटस्ः

संकटको बेलामा नागरिकलाई गलत सुचना प्रवाह गरेर झन् पीडा नदिउ ?
सरकार, राजनीतिक दल, नेता, संचार जगत, नागरिकसमाज, ब्यक्ति कतैबाट पनि गलत सुचना प्रवाह हुनु अपराध हो ?
गलत सुचनाले झन् संकट निम्त्याउछ ?
संकटबाट वच्न र सुरक्षित हुन कोरोना भाईरस बारे सहि सुचनाले ठुलो सहयोग पुग्ने छ ।