राजनीति

हामी साथमा छौं, तर सरकारले युद्धस्तरमा क्षमता देखाउने बेला यही होः प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना विरुद्धको युद्धमा सरकारलाई आफ्नो पुरा साथ रहेको बताएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीट मार्फत कोरोना नियन्त्रणमा पार्टीको पुरा साथ रहेको भन्दै सरकारले युद्धस्तरमा काम देखाउने बेला आएको बताएका छन् ।

आफ्नो पार्टी सरकारमा नभएपनि कोरोना माहामारीको संघर्ष कुनै व्यक्ति विशेषको नभई साझा भएकाले आफुहरुपनि यस युद्धमा दृढ रुपले खटिने उनको भनाई छ ।

विश्वलाई नै आक्रान्त बनाईरहेको कोरोना भाईरसको विषयमा गम्भिर नबने नेपालमा पनि ठुलो क्षती हुने उनको चेतावनी छ ।

 

उनको ट्वीटः सरकारमा संगै नभएर पनि संगै लड्न सकिन्छ ! यो हामी सबैको साझा संघर्ष हो । सरकारलाई हामीले बल दिने र सरकारले युद्धस्तरमा क्षमता देखाउने बेला हो यो । युद्ध तब जितिने छ । नत्र ठुलो क्षतिको साइरन बजिसकेको छ, कस्ले कति गम्भीर भएर सुन्यौं त्यो अलग कुरा हो ।