प्रदेश 2

लकडाउन उल्लंघन गर्दै महंगोमा माछा बेच्ने परे प्रहरीद्धारा पक्राउ

पर्सा । पर्सा प्रहरीले आलु र प्याजमा कालोबजारी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको मौका छोपी तरकारी लगाएत आलु र प्याजमा कालोबजारी गरेको आरोपमा वीरगंज महानगरपालीका १ छप्कैयाका जगनारायण पटेललाई पर्साबाट अनुगमनमा खटेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पटेलले बजार मुल्य भन्दा दोब्बर, तेवर मुल्यमा आलु र प्याज प्रति के.जी एक सय रुपैयाको दरले कालोबजारी गरि बेचि रहेको अवस्थामा आलु र प्याजसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको छ ।

यस्तै सरकारले जारी गरेको लकडाउन उल्लंघन गर्दै महंगो मुल्यमा माछा बेच्ने व्यक्ति लाई पनि प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लंघन गर्दै माछा बेचिरहेको बेलामा माछासहित बिरगंज महानगरपालिका वडा ७ रामटोलका २९ वर्षका को पप्पु साह तुहारलाई पक्राउ गरेको हो । दुई व्यक्तिलाई बुधबार र बिहिबार पक्राउ गरेको हो ।