समाचार

भारतबाट आएका पाँच महिलासहित ९३ जना क्वारेन्टाइनमा

सप्तरी । कोरोना भाइरस फैलिन नदिन एकान्तवासका लागि जिल्लाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा भारतलगायत विदेशबाट आएका पाँच महिलासहित ९३ जनालाई राखिएको छ ।

भारतीय खुलासीमामा रहेको सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा सात पुरुष, कञ्चनरुप र शम्भुनाथ नगरपालिकामा पाँच÷पाँच पुरुष, बोदेबसाइन नगरपालिकामा दुई पुरुष र राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा एक महिलासहित १२ जनालाई राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार बलानबिहुल गाउँपालिकास्थित स्वास्थ्य चौकी मल्हनियामा एक महिलासहित १४, छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालामा तीन महिलासहित १३, तिलाठी कोइलाडी गाउँपालिकामा १२ पुरुष, बिष्णुपुर गाउँपालिकास्थित जनता मावि बिष्णुपुर कट्टीमा आठ पुरुष, महादेवा गाउँपालिकामा छ पुरुष, राजगढ गाउँपालिकामा पाँच पुरुष, तिरहुत गाउँपालिकामा तीन पुरुष, रुपनी गाउँपालिका–४ स्थित जमुनी मधेपुरा माविमा एक पुरुष राखिएको छ ।

खुला सीमाको विभिन्न नाकाबाट आएका र हवाई उडानबाट आएकाको खोजी गरी सम्बन्धित नगरपालिका तथा गाउँपालिकामै व्यवस्था गरिएको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताएका छन् ।