खेलकुद

सरकारको कोरोना राहत कोषमा एक लाख सहयोग गर्ने क्रिकेटर सन्दीपको घोषणा

काठमाडौं । विश्वभरी फैलिएको प्राण घातक भाईरस कोरोना विरुद्ध लड्न सरकारको राहत कोषमा सहयोग रकम जुटिरहेको छ  ।

कलाकार, उद्योगपनि, सांसद, नेता लगाएतकाले केहि रकम जम्मा गरिरहेका छन् । यस्तै खेल जगतका एक उकृष्ट खेलाडी सन्दिप लामिछानेले पनि केहि रकम सहयोग गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख रुपैया जम्मा गर्ने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सरकारले गठन गरेको राहत कोषमा १ लाख दिने बताएका हुन् ।

उनले मानिसबीचको भौतिक दुरी कायम गर्न आग्रह गर्दै सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरेका छन् । सरकारले कोरोना भाईरसबिरुद्व लड्न सरकारी राहत कोष बनाएको छ । चीनको बुहान सहरबाट फैलिएको प्राण घातक भाईरस कोरोनाले यतिबेला विश्वभलाई नै आक्रान्त बनाएको छ ।

यस्तै विश्वका विभिन्न खेलाडीहरुले कोरोना विरुद्धको लडाईमा सरकारलाई साथ दिँदै आफुले सक्दो सहयोग सहयोगमा जुटेका छन् । यसैक्रममा विश्वमानै आफुलाई परिचीत गराउन सफल खेलाडी सन्दीपले पनि उक्त रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

हाल नेपालमा कोरोनाको प्रकोप ज्याद नफैलिएपनि नेपा उच्च जोखिममा रहेको छ । नेपालमा पनि तिन जनामा संक्रमण देखिएकोमा एक जना निकोभई घर र्फकिएका छन् भने दुई जना उपचाररत रहेका छन् ।

उनको स्टाटसः