स्वास्थ्य

संग्रौलाको सरकारलाई आग्रहः कोरोना नियन्त्रणमा खटिएका स्वस्थ्यकर्मीको जीवन विमा गर्नुहोस्

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले कोरोना नियन्त्रणमा रातदिन खटिएका स्वास्थ्यकर्मीको जीवनविमा गर्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले स्वास्थ्यकर्मीहरू कोरोनाविरोधी युध्दको अग्रिम मोर्चाका मूल्यवान लडाकु भएको बताउँदै उनिहरुको मनोवल बढाउन स्वास्थ्य विमा गर्नुपर्नेमा जोड दिएका छन् ।

खर्च नभएको नभएको विकास बजेटको डङ्गुर रकम रहेको भन्दै यसतर्फ सरकारले गम्भिर भएर सोच्नुपर्ने उनले बताएका छन् ।

उनले आफ्नो ट्वीटमा अगाडी यस्तो लेखेका छन्ः ज्यान रहे, मान्यवर, विकास, समृध्दि र समाजवाद हुँदै गर्छ ।

उनको ट्वीटः स्वास्थ्यकर्मीहरू कोरोनाविरोधी युध्दको अग्रिम मोर्चाका मूल्यवान लडाकु हुन् । कान भए सरकार सुनोस् –यी लडाकुको मनोबल र उत्सर्गको भावना उकास्न यिनको जीवन (विमाको व्यवस्था गरियोस् । खर्च नभएको विकास बजेटको डङ्गुर रकम छँदैछ । ज्यान रहे, मान्यवर, विकास, समृध्दि र समाजवाद हुँदैगर्छ।