सामाजिक सञ्जाल

कोरोना जोखिममा जनताका लागि खट्ने प्रहरीको व्यवस्थापनतर्फ सरकारको ध्यान जाओस्ः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले कोरोना जोखिमको समयमा जनताको सेवामा खटेका सेना, प्रहरीको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

डा भट्टराईले देशव्यापी लकडाउनपछि सीमाना, गाउँशहर सबैतिर रातदिन खट्ने प्रहरी र सशस्त्र प्रहरीको अवस्था निकै नाजुक, जोखिमपूर्ण देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छन् ।

डा भट्टराईले कोरोनाविरूद्ध न्यूनतम सुरक्षा बन्दोबस्तीको अभाव र खानपीन तथा सेवा समयको अनिश्चितता वीच उनीहरू कहिलेसम्म खट्लान् ? भन्दै उनिहरुको यी सबै बन्दोबस्ततर्फ सरकारको ध्यान केन्द्रित गरेका छन् । कोरोना माहामारी फैलन नदिनलाई यतिबेला शेना प्रहरी रातदिन नभनि खटिरहेका छन् ।

उनको ट्वीटः देशव्यापी लकडाउनपछि सीमाना र गाउँशहर सबैतिर रातदिन खट्ने प्रहरीरसशस्त्र प्रहरीको अवस्था निकै नाजुक र जोखिमपूर्ण देखिदैछ । कोरोनाविरूद्ध न्यूनतम सुरक्षा बन्दोबस्तीको अभाव र खानपीन तथा सेवासमयको अनिश्चितता वीच उनीहरू कहिलेसम्म खट्लान्रु उनीहरू पनि त मान्छे हुन् !ध्यान पुगोस् @IshwarPokhrel   !