अन्तर्राष्ट्रिय

स्पेनमा रहेका ४ जना नेपालीमा कोरोना संक्रमण देखियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको प्राणघातक भाईरस कोरोनाले विकराल रुप लिएको छ । नेपालमा भाईरसका कारण कोहि नेपालीको ज्यान नगएपनि अन्य देशमा रहेका कयौं नेपालीको मृत्यु भएको छ भने संक्रमीत पनि भएका छन् ।

यस्तै स्पेनमा चार नेपालीका कोरोना संक्रमणको पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छु्ट्टाछुट्टै अस्पतालमा उपचार भईरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ ।

अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् । संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ ।

स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन् ।