अन्तर्राष्ट्रिय

करिब ६०० यूरोपेली पर्यटक स्वदेश फिर्ता हुँदै

एजेन्सी । भारत सरकारले कोरोना भाइरस (कोभिड १९) महामारीको सङ्क्रमणका कारण सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकै अवस्थामा जर्मन सरकारको अनुरोधमा कतार एअरलाई दुई चार्टर्ड उडानको अनुमति दिएको छ ।

जर्मनीको परराष्ट्र मन्त्रालयमार्फत पठाएको अनुरोधपछि भारतीय हवाई विभागले शुक्रबार र शनिबार एक÷एक विशेष उडानको अनुमति दिएको हो ।

शुक्रबार र शनिबार बिहान १०ः१५ मा अवतरण गर्ने कतार एअरको विशेष विमान नयाँ दिल्लीबाट ११ः३० मा दोहाका लागि छुट्नेछन् भने दोहाबाट फ्¥याकफर्ट जानेछन् । विमान खालि आउनेछन् भने जाँदा दुबैले गरी ६०० यात्रुलाई फिर्ता लानेछन् ।

जर्मन दूतावास र युरोपेली युनियनको पहलमा ती पर्यटक स्वदेश जान लागेका हुन् । प्राप्त जानकारी अनुसार तीमध्ये कसैलाई पनि कोरोनाभाइरस संक्रमण देखिएको छैन ।

बिहीबार जर्मनीका राजदूत वाल्टर जे लिन्डाले ट्वीट गर्दै बुधबार राति पहिलो विशेष उडानमार्फत् करिब ५०० नागरिकलाई स्वदेश पठाइएको र शुक्रबार र शनिबार करिब ६०० व्यक्ति यूरोप फकिैने बताएका छन् ।