अन्तर्राष्ट्रिय

युरोपमा मात्रै दुई लाख ५० हजारमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

एजेन्सी । युरोपमा बिहीवारसम्म दुई लाख पचास हजार जनालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

युरोपेली मुलुक स्पेनमा विश्वकै दोस्रो धेरै प्रभावित देशमा परेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संगठनका अनुसार स्पेनमा ४ हजार ८९ जनाको मृत्यु भइसकेको छ भने ५६ हजार १ सय ८८ जना सङ्क्रमित भएका छन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाको मृत्यु भएको छ । यसअघि बुधवार एकै दिनमा ७३८ जनाको मृत्यु भएको थियो ।

स्पेनमा मार्च १३ देखि सङ्कटकाल र लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण स्पेनमा भन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म ७० हजार जना सङ्क्रमित भएका छन् भने ७ हजार भन्दा बढिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो विवरण अनुसार संसारभर चार लाख ९१ हजार २ सय ५३ जना संक्रमित भएका छन् भने २२ हजार १६५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण भएर पनि एक लाख १८ हजार ६० जना निकौ भएर घर फर्किसकेका छन् बिरामी अवस्थामै रहेका तीन लाख ३३ हजार २५९ जना अर्थात् ९५ प्रतिशत विरामीको अवस्था सामान्य रहेको छ भने १७ हजार ७६९ अर्थात् पाँच प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ ।