राजनीति

माहासंकटको बेलामा राष्ट्रिय सहमतीको सरकार बनाऔंः बरिष्ठ नेता पौडेल (भिडियोसहित)

काठमडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बिश्वभर फौलिएको कोरोना भाईरसको संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेको सबै नेपालीको स्वास्थ्यको लागि भएको बताएका छन् ।

उनले माचहामारीका कारण राजनीतिक, आर्थिक, सामाजिक, राजनीतिक, मनोबैज्ञानिक, स्वस्थ्य सबै किसिमका समस्या आएको बताएका छन् । उनले बिशेषगरी स्वस्थ्यको क्षेत्रमा बढी समस्या आएको बताउँदै पीपीईको कमी भएका कारण कोरोना संक्रमण चेकजाँचमा थप समस्या आएको बताउँदै सरकारले चीनबाट ल्याउने भनिएपनि अहिलेसम्म नआएको बताए ।

उनले अस्पताल, डाक्टर, नर्शहरु पहिला सुरक्षीत हुनुपर्ने बताउँदै भेन्टिलेटर, ईमर्जेन्सी वार्ड, आईसीयु जिल्ला जिल्लामा स्थापना गर्न ढिला गर्न नहुने बताए । उनले राज्य देश र जनता बचाउने कार्यमा लाग्थ्न आग्रह गर्दै नेपालमा बस्नेमात्र नभएर बिश्वमा नै बस्ने नेपालीको चिन्ता लिनुपर्ने उनको चिन्ता छ ।

बरिष्ठ नेता पौडेलले जो नेपालीहरु काम गरेर खान्थे, उनीहरुको जनजिवीकाको सवाल आईसकेको बताउँदै भारतले ८० करोड भारुको राहत कोषको घोषणा गरेजस्तै हरेक क्षेत्रका नेपालीलाई बचाउन राहत कोषको घोषणा गर्ने समय आएको बताए । उनले बिदेशमा बस्ने ५० लाख नेपालीको चिन्ता लिनुपर्ने बताउँदै साह्रा नेपालीको चिन्ता लिने सरकार नै आधुनिक राज्यको अभिभावक भएको जिकिर गरेका छन् । उनले कल्याणकारी राज्यले राज्यमा अँएका सबैकुरामा ध्यान दिनुपर्ने बताए । औपचारीक र अनौपचारिक क्षेत्रका श्रमिक जो बिहान बेलुका काम गरेर खान्छन् उनीहरुको बारेमा राज्यले चिन्ता लिनुपर्ने उनले बताए ।

अहिलेको अवस्थामा सहमतीको सरकार बनाउन पछि नपर्नुपर्ने बताएका छन्, उनले सबै राजनीतिक दलसँग सहमतीमा सरकार नबनाए सल्लाहमा अगाडी बढ्न पनि सकिने जिकिर गरेका छन् । उनले बेलुकी ६.४५ बजे फेसबुकबाट लाईभ गर्दै भारतले २१ दिन लक डाउन गरेको र नेपालले ७ दिन गरेको अवस्थामा भारतकै पछिमात्र लाग्ने हो कि भन्ने प्रश्न उठेको बताएका छन् । ७ दिन भन्दा लक डाउन लम्बिन सक्ने देखिएको बताउँदै उनले अहिलेको बदलिँदो राजनीतिक अवस्थामा एउटा प्रणालीमाथी नै प्रश्न उठेको, बिश्वव्यवस्थामा नै चुनौती श्रृजना गरेको बताएका छन् । उनले सबै नेपाली दाजुभाईदिदीबहिनीहरुदलाई भबिश्य कतातिर जाने भन्ने सोचेर भोलीको बिश्व, सभ्यता कस्तो हुने हो भन्ने सोच्न आग्रह गरेका छन् । यस्तो माहामारी सभ्यतामाथी नै चुनौतीको रुपमा देखिएको बताउँदै यसले दुनियाँलाई कस्तो क्षति पुर्याउँछ त्यो प्रश्न चिन्ह खडा भएको बताएका छन् ।

भर्खर्रै भूकम्पबाट उठ्न नसकेको मुलुकलाई अर्को चुनौतीलाई कसरी सम्बोधन गर्ने सरकारले त्यो सोच्न ढिला गर्न नहुने बताएका छन् । उनले नेपाली जनतालाई राहत प्याकेजको ब्यवस्था गर्न आग्रह गर्दै आवश्यक परे अरु राजनीतिक दल, सामाजिक संस्थाहरुले चुनौतीको सामना गर्न कस्तो योगदान गर्न सकिन्छ गनुपर्ने बेला आएको बताएका छन् । उनले सबैले आ–आफ्नो स्थानबाट उक्त बिपत्तीलाई राहत दिन कस्तो भूमिका खेल्न सकिन्छ त्यस्को आवश्यक्ता महशुस भईसकेको बताए । बुद्धिजिवीहरु लगायत सबैले भोलीको बिश्वको बारेमा सोच्ने र नेपाल अगाडी बढेको कुरामा के कस्ता बाधा आए र आउछन् त्यो बिषयमा गम्भीर हुनुपर्ने बताए । माहामारीको संकटबाट देश, जनता र समाजलाई बचाउनु अहिलेको मुख्य आवश्यक्ता भएको जिकिर गरे । उनले संबिधानले दिएका सबै अधिकारहरु अनुसार सरकारले जिम्मेवारी बोध गर्नुपर्ने बताए ।

आफुहरुले कर्तब्य र योगदानको लागि सबैको सकेको योगदान दिने बचन दिँदै बिपत्तीमा सबैले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उनले आह्वान गरेका छन्