राजनीति

महामारीको संकटमा दिल्लीमा ८० नेपाली अलपत्र छन्, तु. सुरक्षीत रुपमा भित्र्याईयोस्ः नेता केसी

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुन नरशिह केसीले भारतको मुम्बईबाट स्वदेश फर्किनका लागि रेलमा आएका करिब ८० जना नेपालीहरू नयाँदिल्ली महानगरनिकट पूर्ववर्ति गाजियावादमा भोकै–प्यासै बीच बाटोमा अलपत्र र उपायहिन अवस्थामा रोकिएको र हालसम्म उनीहरूको कतै–कसैबाट उद्धार नभएको स्थितिप्रति अत्यन्त दुःखीत भएको बताएका छन् ।

उनले नेपाल फर्किन नपाउनेमा डेढमहिनाको बच्चासहितकी सुत्केरी महिला पनि छन् र भोकै रहेको बच्चाले आमाको दूध पनि खान नपाएको हृदयविदारक, कारुणिक अवस्था देखिएको दाबी गरेका छन् ।

नेता केसीले कातिर कोरोना भाईरस महामारीको संकट, अर्कातिर सर्वत्र सुनसान परिस्थितिमा यी नागरिकहरू बसिरहेको होटेलबाट निकालिएर सडकमा अलपत्र अवस्थामा रहनु साह्रै गम्भीर अन्याय हो र शारीरिक तथा मानसिक यातना पनि भएको भनेका छन् । पूर्वमन्त्री समेत रहेका उनले अघिल्लो महिना चीनको वुहानमा कस्टकर अवस्थामा रहेका १७० नेपाली नागरिकहरूलाई जसरी सरकारले आफ्नै विमान पठाएर स्वदेश ल्याउने स्वागतयोग्य काम गरेको थियो, संकटको यस अवस्थामा स्वदेश फर्किन चाहने तर उपयाहिन अवस्थामा अलपत्र परेका आफ्ना नागरिकहरू जहाँ भए पनि स्वदेश फर्काउन सरकारले यसैगरी विशेष प्रबन्ध मिलाउनुपर्छ भन्ने मेरो दृढ मान्यता र जोडदार माग गरेका छन् ।

नेपालमा जस्तै भारतमा लक्ड् डाउनको कारण अलपत्र परेका ती नागरिकहरूले चाहेर पनि स्वयं प्रबन्ध मिलाएर नेपाल फर्किन सक्ने अवस्थामा नभएकोले आफ्ना नागरिकहरूप्रति जिम्मेवारी लिनुपर्ने राज्य को अनिवार्य दाईत्व भएको जनाउँदै यो संकटपूर्ण अवस्थामा तिनीहरूको यथाशिघ्र उद्धार गरी स्वदेश ल्याउन र आवश्यकता अनुसार क्वारेन्टाईनमा राख्ने प्रबन्ध मिलाउन ढिलाई नगरियोस्, यसका लागि नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा जो चाहिने निर्देशन तत्काल दिईयोस् भनी म नेपाल सरकारसमक्ष जोडदार माग नेता केसीले गरेका छन् ।

उनले भनेका छन्, ‘यो संघर्ष समग्र नेपाली र कोराना बिचको हो।हामी नेपाली मात्र हौं धनी,गरीब,जातभात जाती धर्म ,क्षेत्र र राजनीति बाट माथी उठेर यो महामारी सँग को संघर्ष मा एकभएर समर्पित हुनु यस परिस्थिमा हाम्रो साझा कर्तव्य हो।

लक्ड डाउन लाइ पूर्ण राष्ट्रिय समर्थन छ तर रोजै काम गरेर जहान बच्चा को पालन पोषण गर्नु पर्नेहरुको दुर्दशा पूर्ण अवस्था समाधान गर्न तुरुन्त राहत प्याकेज व्यबस्था गर्नु सरकार को अनिवार्य कर्तव्य हो। चिकित्साकर्मी को सुरक्षा को निमित्त पीपीई, परीक्षण किटको अझै अभाव सुनिन्छ। परीक्षण व्यापक बनाउँदै हरेक जिल्ला मा केन्द्र तोकी साधन, श्रोत, दक्ष जनशक्ति को व्यबस्था गर्न ढिलाइ भइसक्यो । समयमै गम्भीर र जिममेवार बन सरकार।’

उनले लक्ड डाउन अझै लम्बिन पनि सक्छ ? तसर्थ दैनिक अनिवार्य आबस्यक उपभोक्ता सामग्रीको माग र आपूर्ति को बजार व्यवस्थापनतिर विशेष चनाखो बन सरकार ! भन्दै मुलुक र। जनताप्रति चिन्ता बयक्र गरेका छन् ।