प्रदेश 1

कोरोनाबाट जनधनको क्षती रोक्न नेपालभर संकटकाल लगाउन ढिला नगरौं: मेयर पराजुली

बिराटनगर । बिराटनगर महानगरका मेयर भीम पराजुलीले तत्काल संकटकाल लगाएर भएपनि कोरोना भाईरस संक्रमण रोक्न नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारलाई आग्रह गरेका छन् ।

गरिब तथा विपन्न बर्गका लागि खाने सामान समेत जोहो गरि पुर्‍याउने वातावरण बनाउन सबै लाग्नुपर्ने भन्दै सार्वजनिक खरिद ऐन निलम्बन गरी अबिलम्ब एएभ् लगायतका स्वास्थ्य सामग्रीहरु खरिद गर्ने काममा जुट्न आबश्यक भइसकेको मेयर पराजुलीको धारणा छ । उनले देशभरिका ठूला हस्पिटलमा आइसुलेसन र बाँकी रहेका होटल, पार्टी प्यालेस ,विद्यालय, कलेज सवै सरकारले लिएर क्वारेन्टाइन र आइसुलेसन बनाउन आबश्यक भईसकेको तर्क गर्दै यो वेला बाहाना वाजीको समय नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै देश र जनताको लागि चुनिएका हामी जनप्रतिनिधिहरु सचेत बनी राज्यमा हुन सक्ने सम्भावित धनजनको क्षती रोक्न आफूले सरकारलाई आग्रह गरेको बताएका छन् ।

उनको स्टाटस्ः
नेपालमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी देशवासीलाई सहज वातावरण सिर्जना गर्ने बेला भइसकेको छ । यो वेला बाहाना वाजीको समय हुदै होइन । सार्वजनिक खरिद ऐन निलम्बन गरी अबिलम्ब एएभ् लगायतका स्वास्थ्य सामग्रीहरु खरिद गर्ने काममा जुट्न आबश्यक भइसकेको छ । हस्पिटलहरुमा आबश्यक सामान आपूर्ती गरी आम जनताको स्वास्थ्यका लागि अहोरात्र खट्ने स्वास्थ्यकर्मीको सुरक्षा गरौ । देशभरिका ठूला हस्पिटलमा आइसुलेसन र बाँकी रहेका होटल, पार्टी प्यालेस ,विद्यालय, कलेज सवै सरकारले लिएर क्वारेन्टाइन र आइसुलेसन बनाउन आबश्यक छ । गरिब तथा विपन्न बर्गका लागि खाने सामान समेत जोहो गरि पुर्‍याउने वातावरण बनाउन लागौं । देश र जनताको लागि चुनिएका हामी जनप्रतिनिधिहरु सचेत बनी राज्यमा हुन सक्ने सम्भावित धनजनको क्षती रोक्न म सवैमा हार्दिक अपिल गर्दछु ।