राजनीति

गरिव जनताप्रति देउवा चिन्तित, तत्काल राहत प्याकेज ल्याउन ओली सरकारलाई गरे अनुरोध

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प भएको जिकिर गरेका छन् ।

उनले लकडाउन उत्तम बिकल्प भएपनि कोरोनाबाट सुरक्षित हुदाहुदै कुनै समुह भोकमारीको सिकार बन्न नपरोस् भन्दै तत्काल विषेश राहत प्याकेज घोषणा गर्न माग गरेका हुन् । प्रमुख प्रतिपक्षी तदका नेता समेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादर देउवाले गरिब जनता भोकभोकै हुने त्रासले उक्त कुरा बताएको संकेत गरेका छन् ।

उनको ट्वीटः विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो। कोरोनाबाट सुरक्षित हुदाहुदै कुनै समुह भोकमारीको सिकार बन्न नपरोस् । म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।
जय नेपाल ।