आर्थिक

हामी सम्पुर्ण शक्ति लगाएर कोरोना विरुद्धको अभियानमा काम गरिरहेका छौं र गरिरहने छौंः उद्योगपति चौधरी

चैत्र १३ काठमाडौं । उद्योगपति विनोद चौधरीले आफुहरु कोरोना विरुद्धको अभियानमा रहेको र संधै रहने प्रतिवद्धता व्यक्त गरेका छन् । सामाजिक पेसबुकमा स्टाटस लेख्लै चौधरिले विविध समस्याका बाबजुत आफ्नो टिम निरन्तर खटिरहेको बताएका छन् ।

विभिन्न सुरक्षा र उपचार सामाग्री लिनलाई भारतमा पनि अहिले सहज वातावरणण नभएको अवस्थामा आफुले दुतावास र परराष्टमाफर्त सामान ल्याउन सहज वातावणको लागि आग्रह गरिरेको बताए ।

चौधरीले चीनका विभिन्न स्थानमा सामाग्रि तयारी अवस्थामा राखेको भन्दै तत्काल नेपाल ल्याउन विशेष विमान व्यवस्थापनका लागि सरकारि निकायसंग छलफल गरिरहेको बताएका छन् । साथै उनले आज साझ सम्म २२ वटा केन्द्रमा पीपीई पुर्याईसक्नेगरी काम गरिरहेको दाबी गरेका छन् ।

२–२ दिनभित्रमा धेरै केन्द्रमा सामाग्री पुर्याउने उनले विश्वास लिएका छन् । साथै उद्योगपति चौधरीले अवको समस्या पीपीई मात्रै नभई देशभर परीक्षण किट, मास्क, स्यानिटाईजर, अक्सिजन उपकरण भेन्टिलेटर भएको भन्दै त्यस्को अभाव भएको बताएका छन् ।

यसअघि उद्योगपति बिनोद चौधरीले कोरोना विरुद्धको लडाईमा सरकारलाई सहयोग गर्न आफुले पीपीई बनाउने घोषणा गरेका थिए ।

उनको फेसबुक स्टाटस्ः #COVID19 रोकथाम र उपचारमा चाहिने व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई०का लागि Chaudhary Foundation लाई देशभरिका सरकारीरनिजी अस्पताल, गैरसरकारी संस्था, स्वास्थ्यचौकी, क्वारेन्टाइनरआइसोलेसन केन्द्र, ब्लड बैंकबाट दिन(रात फोन आइरहेका छन् ।

आज बेलुकीसम्म २२ वटा केन्द्रमा सामग्री पुर्‍याइसक्ने गरी काम गरिरहेका छौं । २(३ दिनभित्रमा धेरैभन्दा धेरै केन्द्रमा सामग्री पुर्‍याउन सक्छौं भन्ने हाम्रो विश्वास छ । तर, अबको समस्या पीपीईमात्रै होइन । देशभर परीक्षण किट, ल्ढछ मास्क, स्यानिटाइजर, अक्सिजन उपकरण, भेन्टिलेलर लगायत सामग्रीको अभाव छ । चीनका सान्जेन, ग्वान्जाओलगायत स्थानमा हामीले यी सामग्री तयार राखेका छौं । त्यहाँबाट तत्काल नेपाल भित्र्याउन विशेष विमान व्यवस्थापनका लागि सरकारी निकायहरूसँग निरन्तर संवाद गरिरहेका छौं । सरकारसँगै हाम्रा मित्र, साझेदारहरूसँग पनि नियमित सम्पर्कमा छौं ।

भारत आफैं कोरोनाविरुद्ध संघर्षण गरिरहेको अवस्थामा त्यहाँ यी सामग्रीहरू निर्यातका लागि अहिले प्रतिबन्धित छन् । तर, पनि हामीले दूतावासहरू र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आग्रह गरिरहेका छौं ।

यसबीचमा  Lockdown का कारण सुरक्षा र उपचार सामग्री बोकेका हाम्रा सवारी साधन निर्बाध सञ्चालन हुन सकिरहेका छैनन् । यी तमाम समस्याका बाबजुद हाम्रो टिम काममा लागिपरेको छ । देशभर खटिइरहेका सबै स्वास्थ्यकर्मी, सहयोगीलाई आह्वान गर्न चाहन्छौं–– हामीले सम्पूर्ण शक्ति लगाएर यसमा काम गरिरहेका छौं र गरिरहनेछौं ।