पु.समाचार

गोकर्ण विष्टको आग्रहः कोरोनाको जोखिममा रहेका मजदुरको दैनिक रोजीरोटीको बन्दोबस्त गर्नुहोस्

काठमाडौं । नेकपा नेता तथा पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कोरेना संकटका बेला जोखिममा रहेका श्रमीकको रोजिरोटिको व्यवस्था मिलाउन सम्बन्धित पक्षाको ध्यानाकर्शण गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता विष्टले कोरोना संकटका कारण दैनिक ज्यालदारी गरेर जीवन यापन गर्ने श्रमिकहरुलाई धेरै संकट परेको भन्दै यस्तो आग्रह गरेका हुन् ।

उनले संकटको यस घडिमा जनस्तरबाट समेत समस्यामा परेका नागरिकका लागि आ–आफ्नो ठाउँबाट सक्दो सहयोगको लागि अनुरोध गरेका छन् ।

चीनको बुहान सहरबाट फैलिएको प्राणघातक भाईरस कोरोनाले शिव्शभरी माहामारीको रुप लिएपछि नेपाल लगाएत विश्वमानै लकडाउन गरिएको छ ।

यस्तो अवस्थामा सबै बजार, कलकारखानादेखी सबै ठप्प छन् भने घरबाट बाहिर जानमा रोक लगाईएको छ । जस्ले गर्दा दैनिक ज्यालामजदुरी गरेर पेट पाल्ले मजदुरहरुको जीवन संकट बनेको छ ।

उनको ट्वीटः Covid-19 ले दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने श्रमिकहरूलाई अझ धेरै संकट थपेको छ । अति धेरै जोखिममा रहेका यस्ता श्रमिकहरूको दैनिक रोजीरोटीको समस्यामा सम्बन्धित निकायको ध्यान आकर्षण गर्दछु र जनस्तरबाट समेत आ–आफ्नो ठाउँबाट सक्दो सहयोगको लागि अनुरोध गर्दछु ।